Logo

२०८३, श्रावण ३०गते


images
images

युवाको काँधमा मुलुक हाँक्ने जिम्मेवारी आएको छ - पुर्वमन्त्री बराल

युवाको काँधमा मुलुक हाँक्ने जिम्मेवारी आएको छ - पुर्वमन्त्री बराल

images
  • सेतोमसी सहकर्मी
  • युवाको काँधमा मुलुक हाँक्ने जिम्मेवारी आएको छ - पुर्वमन्त्री बराल
    images
    images

    कृष्ण अन्जान, गुल्मी । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेशका पुर्वमन्त्री  सुदर्शन बरालले युवाको काँधमा मुलुक हाँक्ने जिम्मेवारि आएको बताएका छन् । आइतबार गुल्मीको रुरु गाउँपालिकामा माओवादी केन्द्रको वडा सम्मेलनलाई सम्बोधन गर्दै पुर्वमन्त्री बराल उक्त कुरा बताएका हुन् ।

    images
    images
    images


    रुरुक्षेत्र  गाउँपालिका   वडा न १  रिडीमा नेकपा माओवादी केन्द्रको  कमिटि तथा वाईसीएल नेपालकाे भेलालाई सम्बोधन गर्दै नेता बरालले वाम एकताको आवश्यकता आज पनि रहेको बताए । पुर्व सामाजिक विकास मन्त्री बरालले ओलीकाे स्वेच्छाचारिताका कारण नेकपा सग्लो रहन नसकेको टिप्पणी गर्दै एकतावद्द भई अगाडि बढ्न युवा र पार्टी पँक्तिलाई आह्वान गरे ।

    images
    images
    images


    त्यस्तै सोही कार्यक्रममा बाेल्दै नेकपा माओवादी केन्द्रका रुरुक्षेत्रका ईन्चार्ज यदु ज्ञवालीले रुरुक्षेत्रमा खानेपानी सडक, सिँचाई र शिक्षा क्षेत्रमा आफु सामाजिक विकास मन्त्री सुदर्शन वरालकाे स्वकिय सचिव हुँदा वरालकै सहयाेगमा बजेट व्यवस्थापन गरेकाे स्मरण गरे । हामीले पार्टीका गतिविधिसँगै विकास निर्माणका कार्यलाई अगाडि बढाउनुपर्नेमा उनको जोड थियो । 

    images
    images
    images


    भेलाले  परमानन्द ज्ञवालीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेकाे छ । जसकाे उपाध्यक्षमा  यम  बहादुर थापा, सचिब  ज्ञानेन्द्र  रावल, सह सचिब, पार्वता ज्ञवाली  र कोषाध्यक्षमा उमनाथ पाण्डे  चयन भएका छन्  ।    


    यसैगरि युवा नेता रामु शर्माको  अध्यक्षतामा  २९ सदस्य गठन वाईसीएल नेपाल वडा कमिटी समेत गठन गरिएको  छ  । 

    भेलामा विभिन्न पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकाहरूलाई खादा तथा अवीर लगाई स्वागत समेत गरिएकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।