Logo

२०८३, श्रावण ३०गते


images
images

सांसद बरालले पूरा गरिदिए ११० वर्षीया जम्दार्नी आँवैको घरमा धारा देख्ने सपना

सांसद बरालले पूरा गरिदिए ११० वर्षीया जम्दार्नी आँवैको घरमा धारा देख्ने सपना

images
  • सांसद बरालले पूरा गरिदिए ११० वर्षीया जम्दार्नी आँवैको घरमा धारा देख्ने सपना
    images
    images

    कृष्ण अन्जान, रुरु । पहुँच बलियाे भयाे भने सानै कामले पनि समाजमा चर्चा हुन्छ तर पहुँच पुगेन भने जति गरेपनि चर्चा हुँदैन । रुरुक्षेत्र १ ठाडाबाटकी दानविर आमा इन्द्र कुमारी क्षेत्री सुवेदीकाे पहुँच नहुँदा चर्चामा हुनुहुन्न ।

    images
    images
    images

    सम्भवत रुरुक्षेत्रकै सबै भन्दा जेष्ट नागरिक हुनुहुन्छ इन्द्र  कुमारी सुवेदी । उमेरले करिव १ सय नौ वर्ष पार गर्नु भएकाे छ वहाँले । जमदार्नी आँबैका नामले सबैले बाेलाउने वहाँका जेठा छाेरा धन बहादुर सुवेदी पनि तिरासी वर्ष पार गर्ने तयारी हुनुहुन्छ  ।

    images
    images
    images

    जमदार्नी आँवैका श्रीमान पदम बहादुर क्षेत्रीले भारतिय सेनाकाे नाइन जि अार मा सेवा गरि जमदारसम्मकाे दर्जाबाट पेन्सन हुनु भए पछि गाउँलेहरुले पदम बहादुरलाइ जमदार बा र इन्द्र कुमारी लाई  जमदारनी आँबै भन्न थालेका हुन ।

    images
    images
    images

    परिवारमा तीन छाेरा, तीन बुहारी सँगै नाति नातिना पलाँती र खलाँतीसम्म देखि सक्नु भएकी जमदार्नी अाँबैकाे परिवारमा चार दर्जन सदस्य छन ।

    जमदार बाकाे निधन भएकाे करिव दुई दशक पूरा भएकाे र यी दुई दशक जमदार्नी आँबैकाे रेख देख पालन पाेषण वहाँका जेठा छाेरा धन बहादुर र  जेठि बुहारी तुल्सा क्षेत्रीले गर्दै अाउनु भएकाे छ ।त्यसाेत अामाकाे रेखदेख अरु छाेरा बुहारीले  पनि गर्नु हुन्छ ।

    भित्र बाहिर आउने जाने त गरेकी छु, दुख बिमार पर्दा यिनै छाेरा बुहारीले स्याहारसुसार गरेका छन इन्द्र कुमारीले भन्नु भयाे ।

    एक सय दस वर्षमा लाग्नु भयाे आँखाले ठम्याउनु हुन्न कानले सुन्नु हुन्न ,भित्र बाहिर त गर्नु हुन्छ सवै स्याहारसुसार मैले गर्छु माइतमा पनि मेरी अामा हुनु हुन्न यति  उमेरकी अामाकाे सेवा गर्न पाउँदा भगवानकाे सेवा गरेझैं भएकाे छ बुहारी तुल्सा सुवेदीले भन्नू भयाे ।

    रुरु १ च्यूरेककाे समाज सेवामा याे परिवारकाे ठुलाे याेगदान रहेकाे छ त्यसमा पनि जमदारनी अाँबैकाे दानविरता काे त कुरै गर्नु परेन । वहाँकै करिब ढाइ लाखकाे अार्थिक सहयाेगमा स्थानिय  डिहिडाँडामा रहेकाे मनकामना प्राथमिक विध्यालयमा  कक्षा काेठा थप भएकाे छ र जुन विध्यालय मर्जर पछि साेहि विध्यालयकाे हातामा मन्दिर र सामुदायिक भवन बन्दै गरेकाे छ जस्का लागि जम्दार्नी आमाकाे ठुलाे सहयाेग छ ।
    स्थानिय मठ मन्दिर शैक्षिक सँस्था रिडी बजार क्षेत्रकाे ऋषिकेश मन्दिरहरुमा जमदार्नी अाँबैले सहयाेग गर्नु भएकाे छ ।

    जिवनका यतिधेरै वर्ष पार गरेकी जमदार्नी अाँबै  प्रति कसैकाे ध्यान पुगेकाे छैन तर रुरुक्षेत्र गाउँ पालिकामा सम्मानित हुनुपर्ने जेष्ट नागरिक वहाँनै हुनुहुन्छ भन्दा फरक पर्दैन ।

    जीवनका एक सय नौ पूरा गरेकी जमदार्नी आँबैलाइ आफुले सहयाेग गरेर बनाएकाे स्कुल अन्तै सरेकाेमा चिन्ता छ र त्याे ठाउँमा छिटै मन्दिर बनेकाे देख्न पाए हुन्थ्यो भने चाहना छ ।

    जीवनका धेरै सपना पूरा गरि सक्नु भएकि जमदार्नी आँबैलाइ अाफ्नाे बारेमा कुनै पत्रिका रेडियाेले समाचार छापे हुन्थ्याे समाचार भन्दिए हुन्थ्यो भन्ने इच्छा भएकाे वहाँले भन्नुभयाे ।

    सबैभन्दा बिडम्बना जमदार्नि आँबै बसाेवास गर्ने ठाडाबाटा क्षेत्रका वासिन्दालाई पिउने पानीकाे साह्रै थियाे  । यहाँ वरिपरिका पँधेरा र याे क्षेत्रमा अाउने पानीका श्राेत हिँउद लागेपछि सुक्छन र पानी खाेज्न हिँड्नु पर्ने समस्या प्रति यी वयोवृद्ध जमदार्नी आँबै  छिमेकी, छाेरा बुहारी, नाति नातिनाले पानी नभएर दुख पाए, सरकार याे क्षेत्रमा पानी देउ । 

    साँच्चै सरकारले वहाँकाे कुरा सुन्याे र प्रदेश सरकारकाे एकघर एक धारा कार्यक्रम अन्तरगत याे क्षेत्रमा च्यूरेक खानेपानी आयाेजनाकाे पहलमा जम्दार्नि आँवैले गुनासाे गरेकाे केही महिनामा घरघरमा पानीका धारा खसेका छन ।

    मुख्यरुपले रुरुक्षेत्रका युवानेता यदु ज्ञवाली र साँसद सुदर्शन बरालकाे पहलमा प्रदेश सरकारबाट परेकाे बजेटले च्यूरेकमा एकघर एकधारा सँभव भएकाे र यहि धाराे घरमा खसेपछि जम्दार्नि आँवै ले भन्नु हुन्छ जस्ले याे पानी ल्यायाे त्यसको जयजय हाेस मेराे आशिक लागाेस ।

    पछिल्लो पुस्ताले त कल्पना पनि गर्न सक्दैन यति धेरै बाँच्ने तर यति लामाे जीवन जिउने । जमदार्नी आँवै अझै लामाे समय जिएर आधुनिक सँसार हेर्न सक्नु हाेस शुभकामना ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सुदर्शन बराल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।