गुल्मी (खैरेनी)। नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले समाजबादी क्रान्तिको अगुवाई माओवादी केन्द्रले गर्ने बताएका छन । उनले समाजबादको मोडेलको बारेमा पार्टी छलफल रहेको भईरहेको बताउदै कार्य दिशा र संगठनात्मक प्रणालीमा सुधार गरि जनताको रोजाईको पहिलो पार्टी बनाईने बताए ।
उनले पार्टी बाम एकताको पक्षमा र जनताको बुझाईको स्वतन्त्र धार निर्माणमा लागेको बताए । नेकपा (माओवादी केन्द्र) सत्यवती गाउँपालिकाले बिजया दशमी , दिपावली, छठ पर्बको अवसरमा आज खैरेनीमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अध्यक्ष बरालले नेपालको राजनीतिमा बिदेशी प्रभाव पर्ने र एमाले कांग्रेस गठबन्धनको सरकार हुनुमा त्यसको प्रभाव रहेको बताए । पुर्ब मन्त्री समेत रहेका नेता बरालले बर्तमान सरकार रक्षात्मक अवस्थामा पुगेको बताएका छन । "
जनताको काम गर्ने भन्दा पनि सरकार आफै रक्षात्मक अवस्थामा छ ।" उनले भने-बर्तमान सरकारबाट जनताले अपेक्षा गर्नु ब्यर्थ छ । बिपत्तिको बेला सरकारको परिक्षण भयो, सरकार पुरै असफल छ " उनले नेपाली जनता र मित्र रास्ट्रहरुको पनि सरकारले बिश्वास लिन नसकेको बताए ।
लुम्बिनी प्रदेश सभाका सदस्य तथा सामाजिक विकास समितीका सभापती यम बहादुर नेपालीले नेपाली चाडपर्वले समाजिक सदभाव र भातृत्वको बिकास गरेको बताए ।
समितीका अध्यक्ष याम तरामुको अध्यक्षता सचिब ऋषि भण्डारी को संचालनमा भएको कार्यक्रममा चन्द्रकोट गाउँपालिकाका अध्यक्ष एवं पार्टीका प्रदेश समिती सचिवालय सदस्य युबराज खत्री ,जेष्ठ कम्युनिष्ट मन्चका केन्द्रिय सदस्य पुर्ण बहादुर रानाले लगायतले चाड पर्वलाई सामाजिक रुपान्तरणको अभियानसंग जोडनु पर्नेमा जोड दिए ।