Logo

२०८३, श्रावण ३०गते


images
images

प्रेस सेन्टर रूपन्देहीद्वारा अग्रज पत्रकार सम्मानित

प्रेस सेन्टर रूपन्देहीद्वारा अग्रज पत्रकार सम्मानित

images
  • प्रेस सेन्टर रूपन्देहीद्वारा अग्रज पत्रकार सम्मानित
    images
    images

    बुटवल । प्रेस सेन्टर नेपाल रूपन्देहीले अग्रज पत्रकार सम्मान गरेकाे छ । आइतबार बुटवलमा पत्रकारीता क्षेत्रमा लामाे समय याेगदान गरेका अग्रज पत्रकारहरूलाई सेन्टरले सम्मान गरेकाे हाे । 

    images
    images
    images

    प्रेस स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्की, मदनलाल पाैडेल अग्रज पत्रकारहरू नारायण सापकाेटा, गुरूदत्त ज्ञवाली, दुर्गा पाैडेल, विनोद पहाडी, यानेन्द्र जिसी, प्रेस सेन्टर रूपन्देहीका संस्थापक अध्यक्ष लेखनाथ न्याैपाने, पूर्व अध्यक्षहरू नारायण ज्ञवाली, रूद्रहरी कुँवर, भुवन कार्की  र कमल रायमाझीलाई सम्मान गरीएकाे संगठनले जानकारी दिएकाे छ ।  

    images
    images
    images

    लुम्बिनी प्रदेशका पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष सुदर्शन बरालले पत्रकारलाई दाेसल्ला र प्रमाणपत्रले सम्मान गरेका हुन् । साे अवसरमा बाेल्दै पूर्व मन्त्री बरालले पत्रकारहरूले सधैँ दु:खी गरिबकाे पक्षमा लेख्नु पर्ने बताए । पुँजीपती बर्गले मानवलाई विचारविहिन र चेतनाविहिन बनाउन लागी परेकाे उल्लेख गर्दै उनले नयाँ पुस्तालाई समाजकाे बारेमा बुझाउनु आवश्यक रहेकाे बताए  । पुरानाे पुस्तालाई सम्मान गरेर अघि वढ्नसके मात्रै पत्रकारिता क्षेत्रकाे विकास गर्न सकिने उनकाे भनाई छ ।
     
    त्यस्तैगरी प्रेस स्वतन्त्रता सेनानी कर्ण बहादुर कार्कीले आफ्नाे समयमा पत्रकारिताकाे माध्यमबाट रूपान्तरणका पक्षमा सशक्त आवाज उठाएकाे स्मरण गर्दै इमान्दारितापूर्वक सकारात्मक परिवर्तनकाे पक्षमा कलम चलाउन सुझाए । उनले परिवर्तन संस्थागत गर्नुकाे साटाे नेताहरू भ्रष्टिकरणकाे मार्गमा हिडेकाे भन्दै चिन्ता व्यक्त गरे । 

    images
    images
    images

    वरिस्ठ पत्रकार डा. बालकृष्ण चापागाईंले अग्रज पत्रकारहरूलाई सम्मान गर्नु समग्र पत्रकारिता क्षेत्रकाे सम्मान भएकाे बताए । नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष रामराज पाेख्रेलले अग्रजकाे सम्मान गर्नु अहिलेकाे पुस्ताकाे जिम्मेवारी भएकाे बताए । उनले प्रेस सेन्टरले अग्रजहरूलाई सम्मान गरेकाे देख्दा आफुलाई खुसी लागेकाे समेत बताए । 

    कार्यक्रम प्रेस सेन्टर नेपाल रूपन्देहीका अध्यक्ष बिष्णु प्रसाद पाेखरेलकाे अध्यक्षता र सचिव रमेश गैह्रेकाे सञ्चालनमा सम्पन्न भएकाे थियाे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रेस सेन्टर नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।