Logo

२०८३, आश्विन ९गते


images
images

त्यो बचपनको दशैँ 

त्यो बचपनको दशैँ 

images
  • त्यो बचपनको दशैँ 
    images
    images

    पारी-पारी हल्का कुहिरो, आँगनका तुल्सीका बोटहरुमा टल्किएका शितका थोपाहरु, पारिलो अनि उज्यालो घाम आज घटस्थापना उठ्दा नै मन तेसै खुसी त्यो बचपनको दशैँ

    images
    images
    images

    घर बाहिर बिदेश, काठमाडौँ, बुटबलमा रहेका आफन्तहरु आउने केही न केही नयाँ कुरा पनि पाईने मन तेसै खुसी त्यो बचपनको दशैँ

    images
    images
    images

    दशैँ, तिहार एक महिनाको बिदा हनि त्यो एक महिनाको होमवर्क कति बेला सकु र रमाईलो मात्र गरु भन्दै पढेको मन तेसै खुसी त्यो बचपनको दशैँ

    images
    images
    images

    साथिहरु सँग रातो माटो लिन जाने अनि रातोे माटो, सेतो चुना, बुट्टेदार झ्याल ढोकामा हरियो निलो रङ चिटिक्क नयाँ घर मन तेसै खुसी त्यो बचपनको दशैँ

    आज दशैँ बजार लाग्ने दिन टिका र मेलाको लागि बुबा आमाले नयाँ लुगा जुत्ता किनिदिने अनि मन तेसै खुसी त्यो बचपनको दशैँ

    साथिहरु सँग ती भिर पाखा खरबारीमा बाबियो काटेर लुठ्ठे पिङ्ख बाटेर पालो पालो पिङ्ख खेलेको मन तेसै खुसी त्यो बचपनको दशै

    दिनमा एउटा एउटा जिप बस नआउने त्यो मोटरबाटो आज घटस्थापना गाडी चलेर धुलो रोकिएको छैन जिप बस हेर्न मन तेसै खुसी त्यो बचपनको दशैँ

    साझ कोट मन्दिरमा बाजा बजिरहँदा उता पारी डाँडामा लागेका दोषहरु मेटिन्छ भन्दै द्धुइज हेर्दे मैले देखे देखिन भनेको मन तेसै खुसी त्यो बचपनको दशैँ

    दशमी टिकाको दिनमा निधारभरि टिका लगाएर रोटी अचार खादै त्यो रिलवाला क्यामेरामा फोटो खिच्दा मन तेसै खुसी त्यो बचपनको दशैँ

    धेरै घरमा टिका लगाउने अनि अर्को बिहान सम्म निधारमा रहेमा भाग्यमानि भईन्छ भन्ने मन तेसै खुसी त्यो बचपनको दशैँ

    र, आज एकपटक घडीको सुईलाई फर्काएर त्यही बचपनको दशैँ खुसी मनाउन मन लाग्छ ।

      प्रदीप गौतम

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बचपनको दशैँ
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।