काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गैरआवासीय नेपालीबाट देशले धेरै अपेक्षा गरेको बताएका छन्।
आज बिहान बालुवाटारमा आयोजित कार्यक्रममा गैरआवासीय नेपाली (एनआरएन)लाईहरुलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गर्दै प्रधामन्त्री प्रचण्डले देश विकासमा गैर आवासीय नेपालीहरुको सहयोग महत्वपूर्ण हुने बताए।
उनले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक, सांस्कृतिक अधिकारसहितको गैरआवासीय नागरिकताको व्यवस्था गर्न आफूले निकै ठूलो संघर्ष र पहल गरेको बताए। ‘त्यसकै बलमा तपाईहरूले आज गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नुभएको छ,’ उनले भने, ‘यो तपाईंहरुले प्राप्त गरेको संवैधानिक अधिकार पनि हो।’ प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरुलाई नागरिकता दिलाउनु निकै ठूलो उपलब्धि भएको बताए ।
उनले अगाडि भने, ‘नेपालको संविधानमा गैरआवासीय नेपालीहरुलाई आर्थिक, सामाजिक, साँस्कृतिक अधिकारसहितको नागरिकताको व्यवस्था गर्न हामीले निकै ठूलो मिहिनेत गर्नुपरेको थियो । त्यसकै बलमा तपाईंहरुले संवैधानिक अधिकार प्राप्त गर्नुभएको छ । संविधानमा व्यवस्था भएपश्चात पनि कानुनी व्यवस्था गर्न फेरि अर्को ठूलै मिहिनेत र संघर्षै गर्नुपर्यो । निकै ठूलो संघर्ष र मेहनतपछि हामीले सफलता हासिल गरेका छौं ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology