Logo

२०८३, श्रावण ३०गते


images
images

इजरायलबाट नेपाल ल्याइएको चार शव आफन्तको जिम्मामा

इजरायलबाट नेपाल ल्याइएको चार शव आफन्तको जिम्मामा

images
  • इजरायलबाट नेपाल ल्याइएको चार शव आफन्तको जिम्मामा
    images
    images

    काठमाडौं । प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा इजरायलमा मारिएका चार नेपालीको शव धनगढी पुर्याइएको छ । उनीहरुको शव आफन्तले जिम्मा लिइसकेका छन् ।

    images
    images
    images

    काठमाडौंबाट नेपाली सेनाको स्काइ ट्रकमार्फत शव धनगढी पुर्याइएको थियो । धनगढी विमानस्थलमै आफन्तहरुले शव जिम्मा लिएको कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जानकारी दिए ।

    images
    images
    images

    कटेलले कान्तिपुर टेलिभिजनसँग भने, ‘सम्बन्धित स्थानीय तहको समन्वयमा शव वहानमा परिवारले शव लैजानु भयो ।’

    images
    images
    images

    इजारयलबाट फ्लाई दुबईको विमानमार्फत् पहिलो चरणमा नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, दीपेशराज विष्टको र आशिष चौधरीको शव नेपाल ल्याइएको थियो ।

    बाँकी ६ नेपालीको शव पहिचान र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

    हमासको आक्रमणमा १० नेपालीले ज्यान गुमाएका थिए । एकको अवस्था अझै अज्ञात छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इजरायली आक्रमण
  • # शव
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।