Logo

२०८३, श्रावण ३०गते


images
images

आईसीसी एकदिवसी विश्वकप–२०२३

पहिलोपटक शून्यमा आउट भए विराट कोहली

पहिलोपटक शून्यमा आउट भए विराट कोहली

images
  • पहिलोपटक शून्यमा आउट भए विराट कोहली
    images
    images

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप–२०२३ मा भारतीय ब्याटर विराट कोहली पहिलोपटक शून्यमा आउट भएका छन् ।

    images
    images
    images

    विश्वकपअन्तर्गत लिग चरणको खेलमा विराट आइतबार इंग्ल्यान्डविरुद्ध ‘डक’ भए । टस हारेर ब्याटिङमा आएको भारतबाट तेस्रो नम्बरमा ब्याटिङका लागि आएका विराटले नौ बल खेले पनि खाता खोल्न सकेनन् । उनी डेविड विलीको बलिङमा बेन स्टोक्सबाट क्याच भएका थिए ।

    images
    images
    images

    जारी विश्वकपमा कोहली पहिलो पटक खाता नखोली आउट भएका हुन् ।

    images
    images
    images

    भारतले यसअघि खेलेका पाँचै खेलमा कोहलीले दोहोरो अंकमा रन जोडेका थिए । कोहलीले पहिलो खेलमा अस्ट्रेलियाविरुद्ध ८५, दोस्रो खेलमा अफगानिस्तानविरुद्ध ५५, तेस्रो खेलमा पाकिस्तानविरुद्ध १६, चौथो खेलमा बंगलादेशविरुद्ध १०३ रन र पाँचौ खेलमा न्युजिल्यान्डविरुद्ध ९५ रन बनाएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।