Logo

२०८३, श्रावण ३०गते


images
images

आइपिएल

भागदौड घटनामा विराट कोहलीप्रति आक्रोश

भागदौड घटनामा विराट कोहलीप्रति आक्रोश

images
  • भागदौड घटनामा विराट कोहलीप्रति आक्रोश
    images
    images

    काठमाडौँ । भारतको बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा भएको भागदौडमा ११ जनाको मृत्यु भएपछि अहिले यसको प्रमुख निशानामा विराट कोहली देखिएका छन् ।

    images
    images
    images

    रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लाई यस सिजनको आइपिएल जिताउन महत्वपूर्ण भुमिका निभाएका विराटविरुद्ध सामाजिक सञ्जाल एक्समा #ArrestKohli ट्रेन्ड गरिरहेको छ ।

    images
    images
    images

    सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले विराट जस्ता सिनियर खेलाडीले फ्यानको संवेदनशीलतालाई नबुझेको, स्टेडियम बाहिर फ्यानहरु मरिरहदा स्टेडियम भित्र जितको खुशी मनाइरहेको भन्दै आलोचना गरिरहेका छन् ।

    images
    images
    images

    विराट भागदौडको एक दिनपछि बिहीवार मुम्बई विमानस्थलमा श्रीमती अनुष्का शर्मासँग देखिएका थिए । यसपछि विराटको अनलाइनमा तीव्र आलोचनाको सामना गर्नुपरेको छ । घटना भएको एक दिनपछि विराट यति चाँडै निस्कनु असंवेदनशील भएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले आफ्नो आक्रोस व्यक्त गरेका छन् ।

    यस अघि विराटले घटनापछि सामाजिक सञ्जालमार्फत आफु स्तब्ध भएको उल्लेख गरेका थिए ।

    घटनाको छानबिन गर्न प्रहरीले आरसिबीका अधिकारीहरुसहित चार जनालाई पक्राउ गरेको छ ।  

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # विराट कोहली
  • # #ArrestKohli
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।