Logo

२०८३, श्रावण २७गते


images
images

जलवायु परिवर्तनको असर कम गर्न राष्ट्रसंघले पहलकदमी लिनुपर्छ :राष्ट्रपति पौडेल

जलवायु परिवर्तनको असर कम गर्न राष्ट्रसंघले पहलकदमी लिनुपर्छ :राष्ट्रपति पौडेल

images
  • जलवायु परिवर्तनको असर कम गर्न राष्ट्रसंघले पहलकदमी लिनुपर्छ :राष्ट्रपति पौडेल
    images
    images

    काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि नेपालले भोग्नुपरेको नकारात्मक परिणामबारे गम्भीर भइदिन संयुक्त राष्ट्रसंघलाई आग्रह गरेका छन् ।  उनले जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि जलवायु परिवर्तनका कारक बनेका विकसित मुलुकहरूलाई दायित्व पूरा गर्न राष्ट्रसंघलाई पहलकदमी लिन पनि आग्रह गरेका हुन् ।

    images
    images
    images
     

    नेपालको औपचारिक भ्रमणमा आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले राष्ट्रपति पौडेलसँग आइतबार शीतल निवासमा गर्नुभएको शिष्टाचार भेटमा उनले सो आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । 

    images
    images
    images

    ‘जलवायु परिवर्तनका कारण हामी होइनौ, अरूले अधिक कार्बन उत्सर्जन गरेका कारण हामी मारमा परेका छौ, यस्तो अवस्थामा राष्ट्रसंघले वातावरण बिगार्नेहरुलाई दायित्व पूरा गर्न झकझक्याउनुपर्दछ’, राष्ट्रपति पौडेलको भनाई उद्धृत गर्दै पोखरेलले भने, “हामीले त ब्यहोर्यौ ब्यहोर्यौं अब सारा विश्व र मानव जातिले नै व्यहोर्नुपर्ने हुन्छ, त्यसैले हामी सबैले संयुक्त प्रयास गरौँ । त्यसमा नेतृत्व राष्ट्रसंघले लिनुपर्छ ।”

    images
    images
    images

    उनले सगरमाथा अन्नपूर्ण आधार शिविरजस्ता ठाउँहरूको भ्रमण स्वयम् महासचिवले गर्नुहुने भएकाले सेतो हिमाल कसरी कालो हुँदैछ, अतिवृष्टि र अनावृष्टि के कस्तो प्रभाव पर्‍यो भन्ने कुरा महसुस गर्न पाउनुहुनेछ भन्ने विश्वास पनि व्यक्त गरेका थिए ।  

    राष्ट्रपति पौडेलले शान्ति सम्झौताअनुसार नै शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्ने काममा नेपाल अघि बढेको बताउँदै पीडितलाई राहत, दण्डहीनतालाई प्रश्रय नहुने गरी अदालतको आदेश र संयुक्त राष्ट्रसंघको चासो यी सबैलाई ध्यान दिएर मेलमिलापको सिद्धान्तको आधारमा बाँकी काम पुरा हुने बताएका थिए ।

    उनले अहिलेको जटिल विश्व राजनीतिक अवस्थामा राष्ट्रसंघको भूमिका अझ बढेको बताउँदै नेपाल राष्ट्रसंघीय शान्ति मिसनको दोस्रो ठुलो योगदानकर्ता मुलुक भएको स्मरण गराएका थिए । पौडेलले शान्ति सेनामा खटिएका नेपाली सेनाको नेतृत्व तहको जिम्मेवारीका लागि आग्रह गरेका थिए । 

    सो अवसरमा महासचिव गुटरेसले कार्बन उत्सर्जनमा नेपालको कुनै कमजोरी नहुँदा नहुँदै पनि नेपालले सबैभन्दा बढी यसको असर भोग्नु परिरहेको उल्लेख गर्दै ‘कोप’का सन्दर्भलाई लिएर जलवायु परिवर्तनबारे विश्वलाई सन्देश दिन आफ्नो नेपाल भ्रमण प्राथमिकतामा परेको बताएका थिए । महासचिव गुटरेसले आफ्नो नेपाल भ्रमण तीन एजेन्डामा केन्द्रित रहेको बताउँदै सफल शान्ति प्रक्रिया, जलवायु परिवर्तनको असर र विश्व अस्थिरताको कारक बनेको असमानताको न्यूनीकरणका लागि विश्वलाई सन्देश दिन नेपाल उपयुक्त ठाउँ भएकोले यहाँ आएको बताएका थिए । 

    उनले राष्ट्रपति पौडेलले शान्ति सम्झौताको मस्यौदा गरेको स्मरण गराउँदै उनकै कार्यकालमा यसको बाँकी काम पूरा हुने विश्वास व्यक्त गरे ।

    सो भेटमा परराष्ट्रमन्त्री एनपी साउद, राष्ट्रपति कार्यालयका सल्लाहकारहरू, पदाधिकारीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको सहभागिता थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।