Logo

२०८३, श्रावण ३०गते


images
images

अन्नपूर्ण बेसक्याम्प पुगेका गुटेरेसलाई स्थानीयले सुनाए समस्या

अन्नपूर्ण बेसक्याम्प पुगेका गुटेरेसलाई स्थानीयले सुनाए समस्या

images
  • अन्नपूर्ण बेसक्याम्प पुगेका गुटेरेसलाई स्थानीयले सुनाए समस्या
    images
    images

    पोखरा । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज बिहान अन्नपूर्ण बेसक्याम्प पुगे । जलवायु परिवर्तनको असरबारे प्रत्यक्ष अनुभव गर्न र स्थानीयसँग कुरा गर्नका लागि उनी बेसक्याम्प पुगेका थिए । 

    images
    images
    images

    पौने घण्टा बेसक्याम्पमा रहँदा उनले स्थानीयसँग जलवायु परिवर्तनको असरबारे अनुभव सोधेका थिए । सो क्रममा स्थानीयले आफूहरूले भोगेका समस्या गुटेरेसलाई सुनाएका थिए ।

    images
    images
    images

    गाउँपालिकाका अध्यक्ष विष्णु केसीले जलवायु परिवर्तनका समग्र असरबारे जानकारी गराएका थिए भने वडाध्यक्ष  हिमबहादुर गुरुङले सानोमा खर्कमा पशु चराउन जाँदाको अनुभव सुनाएका थिए । 

    images
    images
    images

    कार्यक्रममा महासचिव गुटेरेसले विकसित देशका कारण जलवायु परिवर्तन भएको बताए । नेपालको समस्याबारे अन्तर्राष्ट्रिय फोरममा कुरा उठाउने पनि उनले बताए । 

    'अहिले तपाईंहरुले भोग्नुभएको समस्या नेपालका कारणले सिर्जना भएको होइन । विकसित देशका कारण भएको हो', उनलाई उद्धृत गर्दै अन्नपूर्ण ११ का वडाध्यक्ष गुरुङले भने, 'म यो समस्याको बारेमा अन्तर्राष्ट्रिय फोरममा कुरा उठाउँछु ।'

    अन्नपूर्ण बेस क्याम्पबाट पोखरा फर्किएका महासचिव  गुटेरेस अहिले केही बेरमा लुम्बिनी प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै गुटेरेसले लुम्बिनीको भ्रमण गर्नेछन् ।  

    उनले आजै संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यतालिका छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।