Logo

२०८३, श्रावण ३०गते


images
images

ठुला भनिएका तीन दलहरू बाहेकका लागि संसद् अनुदार छः रवि लामिछाने

ठुला भनिएका तीन दलहरू बाहेकका लागि संसद् अनुदार छः रवि लामिछाने

images
  • ठुला भनिएका तीन दलहरू बाहेकका लागि संसद् अनुदार छः रवि लामिछाने
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  ठुला भनिएका तीन दलहरू बाहेकका लागि संसद् अनुदार रहेको आरोप लगाएका छन् । 

    images
    images
    images

    बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ठुला भनेका दलको सिन्डिकेट संसदमा लादिने काम भएको बताए । उनले संसदमा दर्ता भएका संकल्प प्रस्तावहरुको छलफल नचलाउँदा असान्दर्भिक हुन पुगेकोप्रति संसदको ध्यानाकर्षण गराए । 

    images
    images
    images

    उनले नागरिक र सरोकारवालको सुझाव नलिई कानुन बनाउने प्रवृत्तिका कारण कानुनहरू राम्रो बन्न नसकेको दाबी गरे । उनले संसदले सत्ता पक्षको बहुमतको बलमा कानुन बनाउँदा जनताको राय लिने स्वाभाविक प्रक्रियालाई निरुत्साहित गरेको आरोप लगाए । 

    images
    images
    images

    उनले भने, ‘ठुला भनेका दलको सिन्डिकेट लादिने यो संसदमा संकल्प प्रस्ताव कार्यसूचीमै चढ्न सकेन । बेलैमा छलफल नचलाउँदा ती प्रस्ताव अहिले असान्दर्भिक भएका छन् । तर समस्याको दीर्घकालीन समाधानको लागि प्रस्ताव ढिलो चाँडो छलफल चलाउनै पर्छ । ’

    नागरिक र सरोकारवालको सुझाव नलिई कानुन बनाउने प्रवृत्तिका कारण कानुनहरू राम्रो उनले अगाडि भने, ‘कानुन बनाउँदा राय लिऊँ भन्ने बहुमतको बलमा पेलिँदो रहेछ । यो संसद् ठुला भनिएका तीन दलहरू बाहेकका लागि अनुदार छ ।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।