Logo

२०८३, श्रावण ३०गते


images
images

‘अवैधानिक कमिटीले सोधेको स्पष्टीकरणको अर्थ छैन, हामी मानहानीको मुद्दा हाल्छौं - झाँक्री

‘अवैधानिक कमिटीले सोधेको स्पष्टीकरणको अर्थ छैन, हामी मानहानीको मुद्दा हाल्छौं - झाँक्री

images
  • ‘अवैधानिक कमिटीले सोधेको स्पष्टीकरणको अर्थ छैन, हामी मानहानीको मुद्दा हाल्छौं -  झाँक्री
    images
    images

    काठमाडौं।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीपक्षले केन्द्रीय कमिटी बैठकबाट २२ जना सांसदलाई अनुशासनको कारबाहीका लागि भन्दै सोधेको स्पष्टीकरणको कुनै अर्थ नभएको टिप्पणी एमाले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले गरेकी छन्। 

    images
    images
    images

    उनले स्पष्टीकरणको अर्थ नभएको, स्पष्टीकरण नदिइने र जबर्जस्ती कारबाहीको निर्णय गरे अदालतको मानहानीमा मुद्दा हाल्ने चेतावनीसमेत दिइन्। एमालेका २२ जना प्रतिनिधि सभा सदस्यले आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका थिए। २२ जनामा झाँक्री पनि थिइन्। 

    images
    images
    images

    सोमबार बसेको एमाले केन्द्रीय कमिटी बैठकले उनीहरुलाई अनुशासनको कारबाहीका लागि २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।‘त्यो आफैंमा अवैधानिक कमिटी हो, त्यसलाई स्पष्टीकरण सोध्ने अधिकार नै छैन, हामी अवैधानिक कमिटीले सोधेको स्पष्टीकरणको जवाफ दिँदैनौं।’

    images
    images
    images

    झाँक्रीले भनिन्, ‘जबर्जस्ती अगाडि बढ्न खोजे भने यो सीधा अदालतको मानहानी हुने विषय हो, हामी मानहानीको मुद्दा हाल्छौं।’

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रामकुमारी झाँक्री
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।