Logo

२०८३, श्रावण ३०गते


images
images

भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि प्रधानमन्त्रीलाई रवि लामिछानेको १४ बुँदे सुझाव

भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि प्रधानमन्त्रीलाई रवि लामिछानेको १४ बुँदे सुझाव

images
  • भूकम्प प्रभावित क्षेत्रबाट फर्किएपछि प्रधानमन्त्रीलाई रवि लामिछानेको १४ बुँदे सुझाव
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबारे सरकारले गर्नुपर्ने काममा केन्द्रित रहेर सरकारलाई १४ बुँदे सुझाव दिएका छन् ।

    images
    images
    images

    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट गरेर लामिछानेले आफ्नो १४ सुझावसहितको निवेदन हस्तान्तरण गरेका हुन् । 

    images
    images
    images

    लामिछानले भूकम्प लगत्तै प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम पुगेका थिए । ‘पार्टीको कार्यक्रमका लागि पाल्पामा रहेको भएतापनि भूकम्पको खबर सुन्ने बित्तिकै पूर्व निर्धारित सबै कार्यक्रम स्थगित गरेर पाल्पाबाट हामी सिधै जाजरकोट गएका थियौँ । यस निवेदनमा मैले देखेको भूकम्प प्रभावित क्षेत्रको अवस्था र तत्काल गरिनुपर्ने कार्यको सूची तपाईँसमक्ष राखेको छु’, लामिछानेको निवेदनमा भनिएको छ ।’

    images
    images
    images

    लामिछानेले सरकारले प्रभावित क्षेत्रमा चाहिएका सामग्री तत्काल पुर्याउन र गुणस्तरीय त्रिपाल लैजान सुझाव दिएका छन् । यसैगरी भूकम्प प्रभावित जनता, भूकम्प पश्चातको २ दिनमै आफ्नो जोहो गर्न आफैँ संघर्षरत रहेको पाएको भन्दै उनले यसका कारण जनता निराश भएको  उल्लेख गरेका छन् ।  उनले सरकार जनताको अभिभावक भएको स्मरण गराउँदै आम जनसमुदायमा सरकार छ भन्ने प्रत्याभूति गराउन उपयुक्त, कदम चाल्न आग्रह गरेका छन् । 

    राहत सामग्री वितरणमा एकरुपता नभएको, राहत प्रशासनमा थुप्रिएपनि प्रभावितले नपाएको, एकद्वार प्रणालीको व्यवस्थापन खराब रहेको भन्दै यसलाई सुधार्न लमिछानेले सरकारको ध्यानाकर्षण गराएका छन् ।

    letter-to-pm-2080-7-22-1_5aBezShvHY.jpg

    letter-to-pm-2080-7-22-2_zxzzcrk9f8.jpg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।