Logo

२०८३, श्रावण ३०गते


images
images

भूकम्प प्रभावित क्षेत्रमा १९७ जना सशस्त्र प्रहरी परिचालन, मेडिकल टिम सँगसँगै

भूकम्प प्रभावित क्षेत्रमा १९७ जना सशस्त्र प्रहरी परिचालन, मेडिकल टिम सँगसँगै

images
  • भूकम्प प्रभावित क्षेत्रमा १९७ जना सशस्त्र प्रहरी परिचालन, मेडिकल टिम सँगसँगै
    images
    images

    काठमाडौँ । जाजरकोट र रुकुम पश्चिममा भूकम्प प्रभावितहरूको उद्धारका लागि सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

    images
    images
    images

    कर्णाली र लुम्बिनी प्रदेशका युनिटहरूबाट १९७ जनालाई परिचालन गरिएको सशस्त्र प्रहरीका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए । 

    images
    images
    images

    जाजरकोटमा उद्धारको नेतृत्व सशस्त्र प्रहरी बलका डिएसपी विकाश थापाले गरेका छन् । जाजरकोटमा परिचालित गुल्मको टिमलाई सहयोग गर्न नम्बर–३२ गण सुर्खेतबाट सशस्त्र प्रहरी निरीक्षक कवीन्द्र खड्काको कमान्डमा ३५ जनाको टोली परिचालन गरिएको छ । 

    images
    images
    images

    नम्बर–६ महेश्वरी बाहिनी सुर्खेतबाट डा। निश्चल घिमिरेको नेतृत्वमा ४ जनाको मेडिकल टिम जाजरकोटमा परिचालन गरिएको छ । 

    दाङस्थित २९ नम्बर गणबाट इन्स्पेक्टरको कमान्डमा २१ जनाको टिम पश्चिम रुकुममा परिचालन गरिएको छ । पूर्वी रुकुम स्थित आश्रित गुल्मबाट ११ जनाको टोलीलाई पश्चिम रुकुममा उद्धारका लागी परिचालन गरिएको सह–प्रवक्ता थापाले जानकारी दिए । बाँके स्थित नम्बर–४२ रिजर्भ गणबाट इन्स्पेक्टरको कमान्डमा २५ जनाको टोली जाजरकोटमा परिचालन गरिएको छ । 

    एपिएफ अस्पतालका चिकित्सक (डिएसपी) डा रोशन पराजुलीको कमान्डमा १७ जनाको मेडिकल टिम टिम घटनास्थलमा पुगेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।