Logo

२०८३, श्रावण ३०गते


images
images

जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे

जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे

images
  • जाजरकोट भूकम्पका लाभग्राही ७९ हजार नाघे
    images
    images

    काठमाडौँ । जाजरकोट भूकम्पमा परी प्रभावित भएका लाभग्राहीको संख्या पुन थपिएसँगै ७९ हजार ५९९ पुगेको छ। पछिल्लो पटक १२ हजार बढी लाभग्राही थपिएका छन्।

    images
    images
    images

    पहिचान हुन बाँकी रहेका लाभग्राहीलाई स्थानीय तहले पहिचान गरेर तथ्यांक पठाएपछि लाभग्राहीको संख्या ७९ हजार ५९९ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

    images
    images
    images

    यसअघि ६७ हजार लाभग्राही रहेकामा यही माघ ४ गतेसम्म पहिचान भएकाको संख्या थप भएको प्राधिकरणको निजी आवास तथा पुनः निर्माण शाखाका प्रमुख प्रकाशचन्द्र अधिकारीले जानकारी दिए। प्राधिकरणले यसअघि लाभग्राही ८० हजार १५० पुग्ने अनुमान गरेकामा अहिले सोही हाराहारीमा कायम भएको उनले बताए। 

    images
    images
    images

    अधिकारीका अनुसार सरकारले लाभग्राहीका लागि अहिलेसम्म दुई अर्ब २६ करोड निकासा गरिसकेको छ। उनीहरूको अस्थायी आवासका लागि चार अर्ब ७५ लाख चाहिने अनुमान यसअघि नै गरिएको थियो। सो आधारमा अझै रकम आवश्यक देखिएको छ। 

    केन्द्रबाट निकासा गरी पठाइएको रकममध्ये स्थानीय तहको विपद् व्यवस्थापन समितिमा एक अर्ब ९० करोड गएको र स्थानीय तहबाट लाभग्राहीको खातामा एक अर्ब २६ करोड पुगिसकेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए। 

    अनुसार हालसम्म ५० हजार लाभग्राहीको खातामा रकम पुगिसकेको छ। त्यसमध्ये २४ हजार १० लाभग्राहीको अस्थायी आवास निर्माण सम्पन्न भएको पोखरेलले बताए। उनका अनुसार अहिले १० हजार घर निर्माण जारी रहेको छ। 

    बाँकी परिवारमा अनुदान सम्झौताको चरणमा रहेको छ। जाजरकोट केन्द्रबिन्दु भएर गत कात्तिक १७ गते जनधनको क्षति हुनेगरी भूकम्प गएको थियो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।