Logo

२०८३, कार्तिक २८गते


images
images

पल्लवी सहकारीको खैरेनी सेवा केन्द्र सुरू, १०१ युनिट रगत संकलन 

पल्लवी सहकारीको खैरेनी सेवा केन्द्र सुरू, १०१ युनिट रगत संकलन 

images
  • पल्लवी सहकारीको खैरेनी सेवा केन्द्र सुरू, १०१ युनिट रगत संकलन 
    images

    देवदह । देवदह नगरपालिकास्थित पल्लवी बचत तथा ऋण सहकारी संस्थाले खैरेनी सेवा केन्द्रको सुरूवात गरेको छ । बुधबार रक्तदान कार्यक्रम सहित संस्थाको स्थापना दिवसको अवसरमा सहकारीले नयाँ सेवा केन्द्रको सुरुवात गरेको हो । 

    images
    images
    images

    नयाँ सेवा केन्द्र उद्घाटनको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १०१ पिन्ट रगत संकलन भएको र त्यसमध्ये ३१ जना रक्तदाताले पहिलोपटक रक्तदान गरेको संस्थाका कार्यक्रम संयोजक पवन पौडेलले जानकारी दिए । received_689142599859443.jpeg

    images
    images
    images

    रक्तदान कार्यक्रम तथा सहकारीको नयाँ सेवा केन्द्रको उद्घाटन गर्दै देवदह नगरपालिकाका नगर परमुख ध्रुवप्रसाद खरेलले देवदह रक्त संकलनको हब बन्न सक्ने बताए । नगरपालिकाभित्रका संघसंस्थाहरूले गरिरहने रक्तदान कार्यक्रम र त्यहाँबाट संकलित रगतको परिणाम हेर्दा देवदह रक्तदाताहरूको नगर जस्तो देखिएको उनले बताए । पल्लवी सहकारीले सहकारीका मूल्य मान्यता बमोजिम आफ्ना गतिविधि संचालन गरेको उल्लेख गर्दै उनले नयाँ सेवा केन्द्र संचालनले सहकारीको सेवा प्रवाह थप सहज हुने बताए । 

    images
    images

    नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय महासचिव तथा रक्तदान अभियन्ता कृष्ण बहादुर चौहानले रूपन्देही रक्तदान र रक्त संकलनमा अघि रहेको उल्लेख गर्दै त्यसमा देवदहका संघसंस्थाले गरेको योगदानको चर्चा गरे ।  

    कार्यक्रममा सहकारीका अध्यक्ष प्रमोद खनाल, कोषाध्यक्ष जगन्नाथ अधिकारी, सल्लाहकार पवन पौडेल, व्यवस्थापक केशब आचार्य लगायतले बोलेका थिए ।

    २०६८ सालमा दर्ता भएर संचालनमा आएको पल्लवी सहकारीले यसअघि चरंगे, भवानीपुर र ६ नं मा सेवा केन्द्र संचालन गर्दै आएको छ । सहकारीको चौथों सेवा केन्द्रको रूपमा खैरेनीबाट कारोबार गरिएको संस्थाका अध्यक्ष प्रमोद खनालले बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पल्लवी सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।