Logo

२०८३, कार्तिक २८गते


images
images

निर्वाचन

पल्लवी सहकारीको निर्वाचन : ३३ प्रतिशत मत खस्यो, आजै नतिजा आउने

पल्लवी सहकारीको निर्वाचन : ३३ प्रतिशत मत खस्यो, आजै नतिजा आउने

images
  • पल्लवी सहकारीको निर्वाचन : ३३ प्रतिशत मत खस्यो, आजै नतिजा आउने
    images

    देवदह । रुपन्देहीको देवदहमा रहेको पल्लवी बचत तथा ऋण सहकारी संस्थाको चौथो अधिवेशन अन्तरगत मतदान सम्पन्न भएको छ । अन्य सबै पदमा सर्वसम्मत भए पनि अध्यक्षा र उपाध्यक्षमा कुरा नमिल्दा मतदान भएको हो । अध्यक्षमा कृष्ण प्रसाद गैरे र मिना श्रेष्ठ उपाध्यक्षमा सुशीला भट्टराई र गोमा डुम्रेको उमेद्धारी परेको थियो ।

    images
    images
    images


    कुल ४ हजार ९ सय १ जना सेयर सदस्य रहेको भए पनि ज्यादै न्यून १ हजार ६ सय २४ जना सेयस सदस्य मात्रै मतदान प्रक्रियामा सहभागी भएका छन् । यो कुल मतको ३३.१४ प्रतिशत हो । निर्वाचन अधिकृत डासिराम पाण्डेका अनुसार आज राति १२ बजे सम्म मतगणना सम्पन्न गरेर नतिजा प्रकाशन गर्ने तयारी छ । 

    images
    images
    images


    असोज ३ गते चौंथो अधिवेशन हुने क्यालेन्डर अनुसार सहकारीले सूचना जारी गरेपनि जेनजी आन्दोलनका कारण अधिवेशन सरेर कार्तिक २२ गते स्थापना दिवसको अवसर पारेर सहकारीको अधिवेशनको मिति तोकिएको थियो । सहकारीको सचिवमा पूर्ण प्रसाद पौडेल (पवन पौडेल), कोषाध्यक्षमा इश्वरी न्यौपाने र लेखा संयोजकमा नामदेव अर्यालसहित सबै सदस्यमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।

    images
    images

    देवदह-७ शीतलनगरमा मुख्य कार्यालय रहेको पल्लवीमा २०८२ साउन मसान्तसम्मको तथ्यांक अनुसार ४ करोड ४ लाख ६० हजार सात सय रुपैंया शेयर पूँजी  रहेको पल्लवीले देवदह १० चरंगे, देवदह ७ खैरेनी, देवदह ४ भवानीपुर र देवदह–२, ६ नं चोकबाट समेत  रहेका सेवा केन्द्रमार्फत कारोवार गरिरहेको छ । 


    सहकारीले ३२ करोड ६९ लाख १३ हजार ९ सय ९३ रुपैंया बचत निक्षेप संकलन गरेको छ । साउन मसान्तको वित्तिय तथ्याङ्ग हेर्दा पल्लवीले २८ करोड ६७ लाख ३४ हजार ९ सय ७७ रुपैंया सदस्यहरुमा ऋण लगानी गरेको छ ।

    प्रदेश स्तरमा कारोवार गर्ने अनुमति भएको पल्लवी साकोसको तरलता प्रतिशत ३३.०४ प्रतिशत रहेको छ । ४१ करोड ५३ लाख ४ हजार ८ सय ५९ रुपैंया कुल सम्पत्ति रहेको पल्लवीमा २७८४ जना महिला र २११७ जना पुरुष सदस्य रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पल्लवी सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।