Logo

२०८३, कार्तिक २८गते


images
images

सहकारीमा निर्वाचन

अध्यक्ष र उपाध्यक्षमा हलो अड्किएपछि चर्चामा पल्लवी सहकारीको चुनाव

अध्यक्ष र उपाध्यक्षमा हलो अड्किएपछि चर्चामा पल्लवी सहकारीको चुनाव

images
  • अध्यक्ष र उपाध्यक्षमा हलो अड्किएपछि चर्चामा पल्लवी सहकारीको चुनाव
    images

    देवदह । केही सहकारीहरुको बदमासीले सम्पूर्ण सहकारी संस्थाहरु प्रत्यक्ष-अप्रत्यक्ष रुपमा प्रश्नको घेरामा छन् । 'सहकारीको पदाधिकारी वा व्यवस्थापक हुँ' भनेर गर्व गर्ने हिजोको जस्तो समय आज छैन । तर अझैपनि सहकारीको पदाधिकारीमा पुग्न राम्रै छिनाझम्टी हुने गर्छ । पछिल्लो समय त्यसको उदाहरण बनेको छ - देवदहको पल्लवी बचत तथा ऋण सहकारी संस्था । 

    images
    images
    images

    असोज ३ गते चौंथो अधिवेशन हुने क्यालेन्डर अनुसार सहकारीले सूचना जारी गरेपनि जेनजी आन्दोलनका कारण अधिवेशन सर्यो । त्यसपछि कार्तिक २२ गते स्थापना दिवसको अवसर पारेर सहकारीको अधिवेशनको मिति तोकियो । सहकारीका बहालवाला अध्यक्ष प्रमोद खनालले आफु नदोहोरिने र नेतृत्व हस्तान्तरण गर्ने बताएपछि स्वभावैले नयाँ नेतृत्वको खोजी सुरु भयो । सर्वसम्मत रुपमा नेतृत्व टुंग्याउने प्रयत्न पनि यो बीचमा भए । फलस्वरुप सदस्यदेखि सचिवसम्म र लेखा समितिमा पनि सर्वसम्मत भयो । तर अध्यक्ष र उपाध्यक्षमा पदमा हलो अड्किदा अहिले पल्लवी सहकारीलाई निर्वाचनको माहोलले तताएको छ ।

    images
    images
    images

    सहकारीका अध्यक्ष खनालले सर्वसम्मत नेतृत्वको लागि पहल भएपनि सम्भव नभएको बताए । 'अहिलेसम्म पनि पहल जारी छ तर केही जटिलता देखिएका छन् । अध्यक्ष खनालले भने, 'राजनीतिक स्वार्थले व्यक्तिलाई उठाइदिने तर बसाल्न नसक्ने समस्या देखियो । सहमतिको लागि मैले छोड्छु, म बस्छु भन्नेलाई पनि छोड्न र बस्न नदिने केही साथीहरुले समस्या पैदा गरे ।'

    images
    images

    सहकारीको अध्यक्षका उम्मेदवार कृष्ण प्रसाद गैरेले आफु सर्वसम्मतको उम्मेदवार भएपनि अन्त्यमा आएर राजनीति गरिएको बताए । 'म व्यावसायिकतामा विश्वास गर्छु, सहकारी संस्थाहरुलाई राजनीतिको कब्जाबाट मुक्त गर्नपर्छ र यो विशुद्ध सदस्यको सरोकारको विषय बन्नुपर्छ भन्ने मेरो मान्यता हो ।' उनले भने, 'तर समाजका केही व्यक्तिहरु अझैपनि संस्थामा राजनीति गर्नमा व्यस्त देखिनुभयो । यो चिन्ताको विषय हो, यसैलाई चिर्न र सहकारीलाई दिगो रुपमा सबल बनाइरख्न मेरो उम्मेद्वारी हो ।'

    त्यसैगरी अध्यक्षका अर्का उम्मेद्वार मीना श्रेष्ठले संस्थाको सर्वाङ्गीण विकास, सुशासन र दिगो प्रगतिका आफुले उम्मेद्वारी दिएको बताइन् । 'म सर्वसम्मतको पक्षमा छु, तर सहमतिको लागि सधै महिलाले छोड्न पर्छ भन्ने छैन ।' उनले भनिन्, 'सहकारीका मुल्य र मान्यताहरुलाई आत्मसात् गर्दै बचत तथा ऋण सहकारी संस्थालाई अझ सदस्यमैत्री, सक्षम र पारदर्शी बनाउने मेरो लक्ष्य हो ।'

    त्यसैगरी सहकारीको उपाध्यक्ष पदमा सुशीला भट्टराई र गोमा डुम्रे प्रतिस्पर्धामा देखिएका छन् । 

    सहकारीको सचिवमा पूर्ण प्रसाद पौडेल (पवन पौडेल), कोषाध्यक्षमा इश्वरी न्यौपाने र लेखा संयोजकमा नामदेव अर्यालसहित सबै सदस्यमा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।

    देवदह-७ शीतलनगरमा मुख्य कार्यालय रहेको पल्लवीमा २०८२ साउन मसान्तसम्मको तथ्यांक अनुसार ४ हजार ९ सय १ जना सेयर सदस्य रहेका छन् ।  ४ करोड ४ लाख ६० हजार सात सय रुपैंया शेयर पूँजी  रहेको पल्लवीले देवदह १० चरंगे, देवदह ७ खैरेनी, देवदह ४ भवानीपुर र देवदह–२, ६ नं चोकबाट समेत  रहेका सेवा केन्द्रमार्फत कारोवार गरिरहेको छ । सहकारीले ३२ करोड ६९ लाख १३ हजार ९ सय ९३ रुपैंया बचत निक्षेप संकलन गरेको छ । साउन मसान्तको वित्तिय तथ्याङ्ग हेर्दा पल्लवीले २८ करोड ६७ लाख ३४ हजार ९ सय ७७ रुपैंया सदस्यहरुमा ऋण लगानी गरेको छ । प्रदेश स्तरमा कारोवार गर्ने अनुमति भएको पल्लवी साकोसको तरलता प्रतिशत ३३.०४ प्रतिशत रहेको छ । ४१ करोड ५३ लाख ४ हजार ८ सय ५९ रुपैंया कुल सम्पत्ति रहेको पल्लवीमा २७८४ जना महिला र २११७ जना पुरुष सदस्य रहेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # पल्लवी सहकारी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।