Logo

२०८३, श्रावण ३०गते


images
images

टोल विकास संस्थालाई डस्टविन वितरण

टोल विकास संस्थालाई डस्टविन वितरण

images
  • टोल विकास संस्थालाई डस्टविन वितरण
    images
    images

    नविन लुइँटेल, देवदह । रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ ले वडाभित्र रहेको २१ वटै टोल विकास संस्थालाई डस्टबिन वितरण गरेको छ। पाल्पा सिमेन्ट इन्डष्ट्रिजको सहयोगमा वडा कार्यालयले डस्टबिन वितरण गरेको हो ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै देवदह नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङले देवदह नगरपालिका नगरपालिकालाई सुन्दर, शान्त, वातावरण मैत्री र फोहोरमुक्त नगरपालिका गराउने गरि अघि बढेको बताइन् । वडा नं ५ ले निकै महत्त्वपूर्ण ढंगले काम गरिरहेको र देवदहमै वडा नं ५ का टोल विकास संस्थाहरु सक्रिय रहेको उल्लेख गर्दै उनले र मङ्सिर १ गतेबाट नगरपालिकाले कुहिने फोहर नउठाउने र नकुहिने फोहर मात्र उठाउने  निर्णय गरेकोले टोल विकास संस्थालाई सहजीकरणका लागि अनुरोध  गरिन् ।

    images
    images
    images

    सो कार्यक्रममा बोल्दै अध्यक्ष गणेश डुम्रेले वडा नं ५ लाई फोहोर मुक्त र वातावरण मैत्री गराउनको लागि योजना अघि  बढेको बताए। उनले तिहार र छठ पर्वको उपलक्ष्यमा पाल्पा सिमेन्ट ईण्डषिट्रज लिमिटेडको  सौजन्यमा १०० थान डस्टबिन आएको र मुख्य चोक रहेको टोल विकास संस्थालाइ ७ वटा डस्टबिन वितरण गर्ने तथा भित्री बाटोमा रहेको टोल विकास संस्थालाइ ५/५ गरि वितरण गरिने बताए। 

    images
    images
    images

    कार्यक्रममा बोल्दै पाल्पा सिमेन्टमा जनसम्पर्क अधिकृत जीवन निरौलाले औद्योगिकले गर्नै पर्ने सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत अहिले वडा नं ५ लाई १०० थान डस्टबिन नमुनाको रुपमा सौजन्य गरेको र नमुनाको रुपमा र समाजलाइ फोहोरमुक्त गराउनको लागि डस्टविन आवश्यक रहेको बताए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।