Logo

२०८३, श्रावण ३०गते


images
images

लुम्बिनीको विश्वव्यापी प्रचार र बुद्धपरिपथको विकासका लागि सहकार्य गर्न समझदारी

लुम्बिनीको विश्वव्यापी प्रचार र बुद्धपरिपथको विकासका लागि सहकार्य गर्न समझदारी

images
  • लुम्बिनीको विश्वव्यापी प्रचार र बुद्धपरिपथको विकासका लागि सहकार्य गर्न समझदारी
    images
    images

    लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचार प्रसार र पर्यटन प्रवद्र्धनका लागि बुद्ध परिपथका चार पालिका, लुम्बिनी विकास कोष, अन्र्तराष्ट्रिय गैरआवासिय नेपाली संघ (एनआरएन) एंव सरोकारवाला संस्थाहरुविच सहकार्य गर्न सहमती जुटेको छ ।

    images
    images
    images

    लुम्बिनी साँस्कृतिक नगरपालिकाको आयोजनामा शनिबार रामग्राम, कपिलबस्तु, देवदह नगरपालिका, लुम्बिनी विकास कोष एंव अन्र्तराष्ट्रिय गैरआवासिय नेपाली संघ (एनआरएन) सहित सरोकारवालाहरुको उपस्थितीमा बसेको प्रत्यक्ष र अनलाईन बैठकले लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र पर्यटन प्रवद्र्धनका लागि सहकार्य गर्न समझदारी बनेको हो ।

    images
    images
    images

    शान्तिका अग्रदुत गौतबुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार र बुद्ध परिपथको पर्यटन प्रवद्र्धन र विकासका लागि चार पालिका, लुम्बिनी विकास कोषसँगै बेलायत, अमेरिका, यूरोप लगायतका विदेशमा भएका गैरआवासीय नेपालीहरुको संस्थाहरुविच निरन्तर सहकार्य गरेर अगाडि बढ्ने गरी समझदारी बनेको छ ।

    images
    images
    images


     बैठकमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले लुम्बिनीको पर्यटन प्रवद्र्धनका लागि विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरुको भूमिका महत्वपूर्ण हुने भन्दै स्थानीेय पालिकाहरुसहितको सहकार्यले आगामि दिनमा थप सहज बनाउने बताए । उनले लुम्बिनी विकास कोषले अन्र्तराष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएन) हरुसँग सहकार्य गरेर बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धका मार्गदर्शन र सन्देश विश्वमाझ प्रचार प्रसार गर्ने नीति लिएको बताउँदै अब सबैको सहकार्यले नै अन्र्तराष्ट्रिय पर्यटक भित्र्याउन सकिने बताए ।

    उनले विदेशमा गएका प्रत्येक नेपालीहरुले लुम्बिनीमा एक जना विदेशी पर्यटन पठाउने जिम्मा लिदा पनि पर्यटन प्रवद्र्धन हुने बताए । बृहत्तर लुम्बिनी क्षेत्रका रामग्राम, देवदह, कपिलबस्तु र लुम्बिनी साँस्कृतिक नगरपालिकाहरुले समेत आफ्नो क्षेत्रका ऐतहासिक र पुरातात्वीक स्थलहरुमा उत्खनन र संरक्षणमा बजेट छुट्याएर काम गर्नुपर्ने कोषाध्यक्ष भट्टराईले बताए ।

    बैठकमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमानले विश्वभरका बौद्धमार्गीहरुको आस्थाको केन्द्रका रुपमा विकास गर्न लुम्बिनीको अन्तर्राष्ट्रिय स्तरमा व्यापक प्रचार प्रसारको खाँचो रहेको बताए । उनले लुम्बिनी विकास कोषसँगै लुम्बिनीको प्रवद्र्धनका लागि लुम्बिनी साँस्कृतिक नगरपालिकासँगै बुद्धपरिपथसँग जोडिएका रामग्राम, कपिलबस्तु र देवदह नगरपालिकासँगै गैरआवासीय नेपाली, होटल व्यवसायी, अन्य सरोकारवालाहरुविच सहकार्य आवश्यक रहेको बताए ।

    बैठकमा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादव, देवदह नगरपालिकाका नगरप्रमुख धु्रव प्रसाद खरेल, कपिलबस्तु नगरपालिकाका नगरप्रमुख सुदीप पौडेलले लुम्बिनीसँगै बुद्ध जीवनसँग जोडिएका रामग्राम, देवदह, कपिलबस्तुको विकास हुनुपर्नेमा जोड दिए । उनीहरुले अन्र्तराष्ट्रिय गैरआवासीय नेपालीहरुको विभिन्न संस्थासँगको सहकार्य र समन्वयले बुद्धस्थलको प्रचारमा महत्वपूर्ण योगदान पुग्ने बताए ।

    यसैगरी बैठकमा गैरआवासी नेपाली संघ अमेरिकाका उपाध्यक्ष नेत्र प्रसाद पाण्डे, भर्चुअल माध्यमबाट गैरआवासी नेपाली संघ अमेरिका (एनआरएनए) का उपमहासचिव सोमनाथ सापकोटा,  नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्ष सुरज भण्डारीले लुम्बिनी र बुद्धको प्रचार र बुद्धपरिपथको पर्यटन प्रवद्र्धन र विकासका लागि सहकार्यको वातावरण बनाउन आग्रह गरेका थिए ।

    बैठकमा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवाली, सिद्धार्थ उद्योग बाणिज्य संघका उपाध्यक्ष गोविन्द प्रसाद ज्ञवाली, एएनए अमेरिकाका सल्लाहकार प्रभात दीुक्षीत लगायतले लुम्बिनीसँग सम्बन्धीत भ्रमहरु चिर्दै पर्यटकको बसाईअवधी लब्याउनुपर्ने बताए ।

    बैठकले बुद्धपरिपथको अन्र्तराष्ट्रिय स्तरमा प्रचार, पर्यटन प्रवद्र्धन, विकास र सहयोग आदानप्रदान गर्न अन्र्तराष्ट्रिय स्तरको समन्वय र सहजीकरण गर्न यूरोप नेपाल चेम्बर अफ कमर्श फर टुरीजम, अन्र्तराष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएनए) , आइसीसी, एनआरएनए, एएनए, यूएसए, नेपाली समाज टेक्सास यूएसए, नेपाली साँस्ृकतिक तथा आध्यात्मिक केन्द्र, इन्द्रेणी साँस्कृतिक संघ टेक्सास, लुम्बिनी सेवा समाज टेक्सास लगायतका संस्थाका पदाधिकारीहरुलाई अनुरोध गर्ने सहमती भएको लुम्बिनी साँस्कृतिक नगरपालिकाका समन्वय शाखा प्रमुख तुलसीराम लामिछानेले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।