Logo

२०८३, श्रावण ३१गते


images
images

कुपण्डोलस्थित बागमती किनारमा भव्यरूपमा मनाइयो छठ

कुपण्डोलस्थित बागमती किनारमा भव्यरूपमा मनाइयो छठ

images
  • कुपण्डोलस्थित बागमती किनारमा भव्यरूपमा मनाइयो छठ
    images
    images

    काठमाडौँ । ललितपुरको कुपण्डोलस्थित बागमती किनारमा पूजाअर्जना गरी भव्यरूपमा छठपर्व मनाइएको छ । नदी किनारमा छठ पूजाका लागि झिलीमिली बत्ती सजावट गरिएको छ ।

    images
    images
    images

    पूजाका लागि राखिएको छठीमाताको मूर्तिमा तीर्थालुका साथै विभिन्न विशिष्ट व्यक्तिले समेत पूजाअर्चना गरेका छन् । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पूजाका लागि साँझ पूजास्थल पुगेका थिए । उनले छठीमाताको दर्शन तथा पूजाअर्चना गरेका थिए ।

    images
    images
    images

    यसैगरी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सो स्थानमा छठीमाताको दर्शन तथा पूजाअर्चना गरेको छठ पूजा समिति कुपण्डोलका संयोजक सतिशकुमार झाले जानकारी दिए । कुपण्डोल पुलबाट पश्चिमतर्फका बागमती नदी किनारमा छठ पूजा गर्दै आइएको सो समितिले जनाएको छ । पूजास्थलमा तीर्थालुको घुइँचो थियो ।

    images
    images
    images

    पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकामा छठपर्वको रौनक बढ्दै गएको छ । तराई-मधेसमा मात्र नभई मुलुकका सबै भू-भागमा छठपर्व मान्ने चलन विस्तार भइरहेको छ । छठपर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिन्छ । राजधानीका अन्य स्थानमा पनि छठ पूजा गरिएको छ ।

    गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत काठमाडौँको २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय पहाडी, हिमाली क्षेत्रका मानिसले पनि मनाउँदै आएको पाइन्छ ।

    छठपर्व चार दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठपर्वका अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # छठ पर्व
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।