बासुदेव पोखरेल, गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा भेरोसेलको पहिलो मात्राको खोप ६ सय २८ जनाले लगाएका छन् । आज गाउँपालिका भित्र रहेका एक प्राथमिक स्वास्थ्य केन्द्र र ६ वटा स्वास्थ्य चौकिबाट ६ सय २८ जनालाई खोप प्रदान गरिएको गाउँपालिका स्वास्थ्य सह-संयोजक सुनिता सारुले जानकारी दिनुभयो ।
अन्तराष्ट्रिय सहयोगमा नेपाल सरकारले उपलब्ध गराएको भेरोसेलको पहिलो मात्रा खोप विद्यालय वा क्याम्पसका प्रध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातका सवारी चालक तथा सहचालक, ६० बर्ष वा सो भन्दामाथिका उमेर समुहका नागरिक, अत्यावश्यक सेवामा कार्यरत यस भन्दा अघि खोप लगाउन छुट भएका व्यक्तिहरु (खानेपानि आयोजनामा कार्यरत कर्मचारी, विद्युत, अफिसमा कार्यरत कर्मचारी र मेडिकल सँचालक), र खोप अनिवार्य भएका देशमा जाने नेपालीहरुको लागि लक्षित गरी प्रदान गरिएको हो ।
भोली ज्येष्ठ नागरिक र छुटेका नागरिकहरुलाई वडाका सबै स्वास्थ्य सँस्थाबाट खोप लगाइने सहसँयोजक सारुले बताउनुभयो ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology