काठमाडाैं । नेकपा एमालेका नेता महेश बस्नेतले माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड शेरबहादुर देउवाका पुच्छर भएकाे बताएका छन् ।
राष्ट्रिय युवा संघ अन्तरजिल्ला विशेष प्रदेशको विस्तारित भेलालाई मंगलबार नयाँ बानेश्वरमा सम्बाेधन गर्दै नेता बस्नेतले साे कुरा बताएका हुन् । केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउन माधव प्रचण्डहरु कांग्रेसकाे पुच्छर बनेका महेशले बताए ।
'गाई भैंसी चराउन जाँदा झिंगाले टाेक्छ अनि प्याट्ट हान्छ, त्याे पुच्छर त्यति अमर्यादित हुन्छ,त्यसकाे काम झिंगा मार्ने हाे, आज प्रचण्ड र माधव शेरबहादुर देउवाकाे झिंगा मार्ने अभियानमा हिँडिरहेका छन्'- महेशले भने ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology