काठमाडौं । एमाले नेतृ रामकुमारी झाँक्रीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष छोड्न आग्रह गरेकी छन् । “पार्टी एकता चाहनुहुन्छ भने पार्टी अध्यक्ष छोड्नुहोस्, मार्गप्रशस्त गर्नुहोस्,” उनले भनिन् ।
मंगलबार साँझ बानेश्वरस्थित अर्याल होटेलमा बसेको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेतृ झाँक्रीले पार्टी एकताका लागि ओलीले पार्टी अध्यक्ष छोडेर मार्गप्रशस्त गर्नुपर्ने बताइन् ।
उनले आफूहरू सरकारमा सहभागी हुने सम्भावना नरहेको समेत बताइन् । उनकाअनुसार आजको बैठकमा आगामी रणनीतिका विषयमा छलफल भएको थियाे ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology