Logo

२०८३, श्रावण ३१गते


images
images

बर्दियामा आगलागी हुँदा ३ बालबालिकासहित एकै घरका ४ जनाको मृत्यु

बर्दियामा आगलागी हुँदा ३ बालबालिकासहित एकै घरका ४ जनाको मृत्यु

images
  • बर्दियामा आगलागी हुँदा ३ बालबालिकासहित एकै घरका ४ जनाको मृत्यु
    images
    images

    काठमाडौं । बर्दियामा आगलागी हुँदा एकै घरका चार जनाको मृत्यु भएको छ । एक जना सख्त  घाइते भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    गुलरिया नगरपालिका-४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा तीन बालबालिकासहित चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जानकारी दिएको छ ।

    images
    images
    images

    शुक्रबार राति ११ बजेतिर भरत चन्दको घरमा आगलागी भएको थियो ।

    images
    images
    images

    आगलागी हुँदा घरमा सुतिरहेका ७ वर्षीय बालक कृष चन्द, १८ महिनाका कार्तिक चन्द, ९ वर्षीया बाललिका मानसी बुढा र ३६ वर्षीया राधा बुढाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक तुल्सिराम अर्यालले बताए ।

    गम्भीर घाइते भएकी २७ वर्षीया करिष्मा चन्दको जिल्ला अस्पताल बर्दियामा उपचार भैरहेको छ ।

    स्थानियवासीले चिसोबाट बच्न तसलामा बालेको आगोको गालबाट आगलागी भएको हो । प्रहरीले भने घटनाको अनुन्धान गरिरहेको बताएको छ ।

    आगलागी हुँदा घरको एउटा कोठामा पूरै क्षति भएको प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बर्दिया
  • # आगलागी
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।