Logo

२०८३, आश्विन ९गते


images
images

एमआरआई र सिटि स्क्यानको फ्युजनबाट विश्वमै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार

एमआरआई र सिटि स्क्यानको फ्युजनबाट विश्वमै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार

images
  • एमआरआई र सिटि स्क्यानको फ्युजनबाट विश्वमै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार
    images
    images

    काठमाडौं । एमआरआई र सिटि स्क्यानको फ्युजनबाट काठमाडौं मेडिकल कलेजमा विश्वमै दुर्लभ क्यान्सरको बिना चिरफार सफल उपचार गरिएको छ ।

    images
    images
    images

    काठमाडौं कपन बस्ने ४९ वर्षीय दावा शेर्पाको कलेजोमा रहेको एक सेन्टिमिटर भन्दा सानो क्यान्सर सेल नष्ट गरिएको हो । केएमसीले बिरामी शेर्पाको रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट सफलतापूर्वक विश्वकै सानो दुर्लभ क्यान्सरको उपचार गरिएको दाबी गरेको हो ।
    एक सेन्टिमिटर भन्दा सानो क्यान्सर पत्ता लगाएर बिना चिरफार सफलतापूर्वक नष्ट गरिएको यो केस विश्वकै दुर्लभ रहेको उपचारमा संलग्न केएमसीका इन्टरभेनसन रेडियोलोजी विशेषज्ञ डा.पंकज काफ्लेले दावी गरे

    images
    images
    images

    बिरामीलाई हेपाटाइटिस पोजेटिभ समेत भएकाले उपचार गर्न समेत जोखिम देखिएपनि केएमसीका कलेजो रोग विशेषज्ञ डा. शेखर पौडेल र डा. काफ्ले मिलेर क्यान्सर नस्ट गरेका हुन् । विश्वमै दुर्लभ यो केस नेपालका लागि पहिलो दुर्लभ केस रहेको उनको जिकिर छ ।

    images
    images
    images

    अहिले बिरामीको अवस्था राम्रो रहेको उनले बताए । रेडियो फ्रिक्वेन्सी एब्लेसन प्रविधिबाट बिना चिरफार क्यान्सर नष्ट गरिएकाले बिरामी आज भोलि नै डिस्चार्ज भएर घर जान सक्छन् । यस प्रविधिबाट उपचार गर्दा बिना चिरफार, कडा औषधी, रेडियोथेरापी प्रयोग नगरीकन सहजरूपमा एकैछिनमा ट्युमरलाई नष्ट गर्न सकिन्छ ।

    रेडियो फ्रिक्वेन्सी एब्लेसन राजधानीका केही अस्पतालहरूमा रहेपनि अन्यत्रभन्दा केएमसीमा कम शुल्क लिएर उपचार गर्ने गरिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # क्यान्सर
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।