Logo

२०८३, श्रावण ३०गते


images
images

रूपान्तरण अभियानले गुल्मीका माओवादी कार्यकर्ता उत्साहित

रूपान्तरण अभियानले गुल्मीका माओवादी कार्यकर्ता उत्साहित

images
  • रूपान्तरण अभियानले गुल्मीका माओवादी कार्यकर्ता उत्साहित
    images
    images

    गुल्मी । नेकपा माओवादी केन्द्र गुल्मीले संचालन गरेको अभियानले कार्यकर्ताहरुमा थप उर्जा पैदा भएको जनाएको छ ।

    images
    images
    images

    जनजनमा माआवादी घरघरमा माओवादी विशेष रुपान्तरण अभियानले जनतामा थप उर्जाका साथ जोश र जाँगर पैदा भएको जिल्ला सचिव अशोक थापाले जानकारी दिए । 

    images
    images
    images

    २०६४ सालपछि माओवादीमा जोडिएका असल कार्यकर्ताहरुका लागि पार्टीको नीति,सिद्धान्त र कार्यकर्तामा नयाँ रक्तसंचार पैदा गरेको छ भने पुराना पूर्णकालिन कार्यकर्ताका लागि थप आत्म विश्वासका साथै पुर्नताजगी पैदा भएको थापाले बताए ।
     
    दर्शनशास्त्र, अर्थशास्त्र ,संघीयता,पार्टी र सत्ता, संगठन, पार्टीको वर्तमान नीति तथा कार्यक्रम ,नेपाल सहित विश्व कम्युनिष्ट आन्दोलनको इतिहास सहितका विषयमा क्रमश नेकपा माओवादीका केन्द्रिय सचिव हितमान शाक्य, स्थायी समिति सदस्य जोखबहादुर महरा,पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, पोलिटब्युरो सदस्य जगप्रसाद शर्मा,केन्द्रिय सदस्यहरु कमल चुँदाली, भविस्वर तिवारी,निमाकान्त डाँगीले स्कुलिङ दिएका थिए ।

    images
    images
    images

    यस्तै अभियानमा लुम्बिनी प्रदेश सह सचिव पार्वती बिक , जिल्ला संयोजक युवराज केशी, सचिव अशोक थापा,प्रदेश सदस्य ज्ञानकुमार बुढा, प्रदेश परिषद सदस्यहरु, रामचन्द्र कंडेल, पदम पाण्डेलगायतकाले स्कुलिङ दिएका थिए ।

    धुर्कोट, मालिका, मदाने रेसुंगा, मुसिकोट, गुल्मीदरबार, छत्रकोट, रुरुक्षेत्र, कालीगण्डकी, चन्द्रकोट र सत्यवतीमा अभियानात्मक रुपले संचालन गरी सम्पन्न भएको थापाले बताए ।

    पार्टीले रचानात्मक कार्य गर्ने
    मंसिर २५ देखी पुस २० गतेसम्म पार्टी सदस्यता नविकरण सम्पन्न गर्ने, निश्कृय वार्ड कमिटिहरुको भेला, पुर्नगठन , सेल कमिटिहरु गठन गर्नुका साथै पुस ५ देखी स्थानीय कमिटि सहित जनपरिचालन गरी रचानात्मक सामाजिक कार्यहरु जिल्लाका १२ वटै स्थानीय तहमा गर्ने गरी कार्यतालिका बनाएको पार्टीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।