Logo

२०८३, श्रावण २७गते


images
images

विप्लव नेकपा गुल्मीको जनसेवा तथा जनसंगठन अभियान सुरु

विप्लव नेकपा गुल्मीको जनसेवा तथा जनसंगठन अभियान सुरु

images
  • विप्लव नेकपा गुल्मीको जनसेवा तथा जनसंगठन अभियान सुरु
    images
    images

     गुल्मी । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी माओवादी गुल्मीले जनसेवा तथा जनसंगठन अभियान  सुरु गरेको छ । जनता संगै बस्ने जनताका समस्या बुझ्ने र समस्या समधानको लागी जन संगठन विस्तार गर्ने लक्ष्यका साथ यो अभियान सुरु गरिएको हो ।

    images
    images
    images

    वुधवार उक्त पार्टीले जिल्लाको रेसुंगा नगरपालिका १० सिमिचौरबाट आफ्नो दुई महिने अभियानको उद्धघाटन गरेको हो । अभियानको नेकपा गुल्मी जिल्ला ईन्चार्ज तथा केन्द्रिय सदस्य अपेक्षाले उद्धघाटन गरेकी थिईन । उद्धघाटन गर्दै  अपेक्षाले अहिलेको यो व्यवस्थाले फेल खाईसकेको बताउदै अव जनताले जनमत संग्रह बाट वैज्ञानीक समाजवाद रोज्नु पर्ने बताईन । पुर्व सांसद समेत रहेकी नेकपाकी नेत्री अपेक्षाले संसदीय व्यवस्था भनेको खसिको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो रहेको बताउदै यस व्यवस्थाको अव विकल्प खोज्नु पर्ने समय आएको उल्लेख गरिन। सत्तामा जो सुकै आएपनि यो व्यवस्थाले देशलाई निकास दिन सक्ने उनको दावि थियो ।
    त्यस्तै जनसेवाका सदस्य सुकुमारले प्रचण्ड बाबुरामले आर्यघाटमा पुराएको क्रान्तीको झण्डा आफुहरुले उचाल्दै का्रन्तीलाई नयाँ मोडमा लगेको बताए । अभियान टोलीका सदस्य समेत रहेका सुकुमारले परिर्वनतको लागी युवानै अग्रसर हुनु पर्ने बताउदै सबै युवालाई एक पटक एकीकृत जनक्रान्तीमा होमीन आग्रह समेत गरेका छन् ।

    images
    images
    images


    जनसेवा तथा जन संगठन अभियानको उद्धघाटन कार्यक्रममा बोल्ने अधिकाँश नेताहरुले तत्कालीन केपी ओली सरकार संग भएको तीन बुंदे सहमती वर्तमान सरकारलाई यथाशिघ्र कार्यान्वयन गर्ने आग्रह गदै कार्यान्वयन गर्ने आनकानी गरे यसको परिणाम सरकारले व्योर्होनु पर्ने चेतावनी समेत दिएका थिए ।
    जनसेवा तथा जन संगठन अभियान कार्यक्रममा नेकपा गुल्मीका सेके्रटरी हिमाल , पाटीका जनवर्गिय संगठनका अध्यक्ष तथा प्रतिनिधिको सहभागीता रहेको थियो । यस अभियान जिल्ला सबै स्थानीय तहमा चल्ने छ नेकपा गुल्मीले जानकारी दिएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मौसम
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।