Logo

२०८३, श्रावण ३०गते


images
images

नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयासमा छौं : प्रधानमन्त्री प्रचण्ड

नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयासमा छौं : प्रधानमन्त्री प्रचण्ड

images
  • नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयासमा छौं : प्रधानमन्त्री प्रचण्ड
    images
    images

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हवाई सुरक्षालाई व्यवस्थित बनाएर युरोपेली युनियनको कालोसूचीबाट हटाउने प्रयत्न गरिरहेको बताएका छन् ।

    images
    images
    images

    बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले प्रचण्डले नेपालको उड्यन क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयत्न गरिरहेको बताएका हुन् ।

    images
    images
    images

    रास्वपाको प्रतिनिधिमण्डलले युरोपेली युनियनले नेपालको हवाइ क्षेत्रलाई कालोसूचीबाट नहटाएकोमा नेपाल नागरिक उड्डयन प्राधिकरण गम्भीर हुनुपर्ने, नयाँ जहाज खरिद प्रकरण पारदर्शी हुनुपर्ने लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो।

    images
    images
    images

    प्रतिनिधिमण्डलसँगको कुराकानीमा प्रधानमन्त्रीले निरन्तर प्रयास गरिरहेको र थप सुधारमार्फत कालोसूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने बताए ।

    ‘मैले युरोपेली युनियनका प्रतिनिधिहरूसँग पनि यस विषयमा कुराकानी गरेको छु। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नागरिक उडड्यन प्राधिकरणका पदाधिकारीहरूसँग पनि पटकपटक छलफल गरेको छु,’ उनले भने , ‘हवाई सुरक्षा हाम्रा निम्ति एउटा चुनौतीको विषय बन्दै आएको छ, यसले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको छविमाथि प्रश्न उठ्न सक्छ। त्यसैले म गम्भीर छु।’

    नियामक निकायहरूसँग थप छलफल गरेर परिणाममुखी नतिजाको प्रयास हुने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।