Logo

२०८३, श्रावण ३०गते


images
images

जापानी राजदूत युताका र लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाबीच भेटवार्ता

जापानी राजदूत युताका र लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाबीच भेटवार्ता

images
  • जापानी राजदूत युताका र लुम्बिनी विकास कोषका उपाध्यक्ष लामाबीच भेटवार्ता
    images
    images

    लुम्बिनी । नेपालका लागि जापानी राजदूत किकुता युताका र लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) बीच सोमबार लुम्बिनीमा भेटवार्ता भएको छ ।

    images
    images
    images

    भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एंव लुम्बिनी गुरुयोजना लगायतका बिषयमा राजदुत  युताका र उपाध्यक्ष डा. लामाबीच छलफल भएको लुम्बिनी विकास कोषले जनाएको छ ।

    images
    images
    images

    lumbini bikas kish japanese rajdut visit.jpeg

    images
    images
    images

    उपाध्यक्ष लामाले बुद्धजन्मस्थल लुम्बिनी विश्वशान्तिको केन्द्र भएको बताउँदै विकासका लागि जापानसँग कोषले सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए ।  सन् १९७८ मा जापानिज बास्तुकलाविद् केन्जो टाङ्गेले तयार पारेको लुम्बिनी गुरुयोजना कार्यान्वयनका सम्बन्धमा पनि राजदूतसँग उपाध्यक्ष लामाले छलफल गरेको लामाको सचिवालयले जनाएको छ ।
      
    भेटमा राजदुत युताकाले विश्वभरका बौद्धमार्गी र शान्तिका अनुयायीहरुको पवित्र स्थल लुम्बिनी भएकाले यसको विकासमा सहकार्य गर्न जापन सदैव तयार रहेको प्रतिबद्धता जनाए । दोस्रो विश्वयुद्धपछि जापानमा भएको नरसंहारपछि आफूहरु शान्ति, अहिंसाको मार्गमा रहेकाले आफुहरुका लागि लुम्बिनी पवित्र स्थल रहेको राजदुतले बताए । 

    दुईदेशबीचको मित्रवत सम्बन्ध, बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जापानमा प्रचार प्रसार गर्न र लुम्बिनीको विकासका सम्बन्धमा सहकार्यका बिषयमा समेत भेटमा छलफल भएको थियो । राजदुत युताकालाई उपाध्यक्ष डा. लामा सहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य लगायतले स्वागत गरेका थिए । 

    राजदुत सहितको टोलीले मायादेवी मन्दिर, शान्तिदीप लगायतका क्षेत्रको भ्रमण गरेको छ । 

    यस्तै सोमबार नै जर्मन राजदुताबासका डेपुटी हेड अफ मिसन डा. स्टेफान रुसकलाई पनि कोषले स्वागत गरेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।