Logo

२०८३, श्रावण ३०गते


images
images

मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : शंकर पोखरेल

मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : शंकर पोखरेल

images
  • मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प छैन : शंकर पोखरेल
    images
    images

    ललितपुर । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि एमालेको विकल्प नभएको बताएका छन् । शनिवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा आयोजित पार्टीको वागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै उनले सो दाबी गरेका हुन् । 

    images
    images
    images

    महासचिव पोखरेलले मुलुकको विकास र समृद्धिको यात्रालाई वर्तमान सरकारले अवरुद्ध पारेकाले पनि त्यसलाई सुचारु गराउन एमालेलाई रोज्न पनि सबैलाई आह्वान गरे ।  ‘अब स्वार्थहरुको गठबन्धन होइन, नीतिगत श्रेष्ठताका आधारमा राजनीतिक नेतृत्व गर्ने परिवेशको निर्माण गर्नुपर्दछ । त्यसका लागि अव हामीले राजनीतिक ध्रुवीकरणको बाटो तय गर्नुपर्दछ’ उनले भने, ‘म तपाईंहरुलाई भन्न चाहन्छु–राजधानीमा आउने जुनसकै पार्टीका मान्छे भएपनि अब तपाईहरुले बुझ्नुपर्दछ । देश जोगाउने र स्वाधिनता बलियो बनाउने हो भने एमाले रोज्नुपर्दछ भनेर भन्न सक्नुपर्दछ ।’ 

    images
    images
    images

    उनले वर्तमान सरकारलाई स्वार्थ गठबन्धनको संज्ञा दिँदै नीतिगत श्रेष्ठताका आधारमा मुलुकको नेतृत्व गर्न राजनीतिक धुव्रीकरण गर्नुपर्ने आवश्यक्ता औंल्याए । महासचिव पोखरेलले मुलुकलाई बनाउने हो भने नयाँ राजनीतिक ध्रुवीकरण अपरिहार्य रहेको बताए ।

    images
    images
    images

    उनले भने, ‘देशको स्वाधिनता, स्वाभिमान, राष्ट्र हितको पक्षमा एमाले सदैव खरो उत्रिएको छ । चाहे हामीले नाकाबन्दीको सामनाको कुरा गरौं, चाहे नयाँ नक्सा प्रकाशित गर्ने कुरा गरौं । चाहे हामीले चीनसँग व्यापार, पारवहनको कुरा गरौं । चाहे भारतसँग नुसुल्झिएका समस्या सुल्झाउने कुरामा नेतृत्व गरेको कुरा गरौं । वा अन्तराष्ट्रिय फोरमहरुमा जनताको पक्षमा, मानवताको पक्षमा हामीले उठाएका आवाजहरुको कुरा गरौं । एमाले जस्तो अरु कुनै पार्टीले राष्ट्रिय हितको एजेण्डालाई, मानवताको एजेण्डालाई उठाउन सक्दैन ।’ 

    महासचिव पोखरेलले सरकारले अवैधानिक आर्थिक चलखेल गरेकाले बैंकहरुले ब्याजदर बढाउनु परेको जिकिर समेत गरे । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # शंकर पोखरेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।