Logo

२०८३, श्रावण ३१गते


images
images

यति एअरलाइन्सको विमान दुर्घटनाको कारण मानवीय त्रुटि: प्रतिवेदन

यति एअरलाइन्सको विमान दुर्घटनाको कारण मानवीय त्रुटि: प्रतिवेदन

images
  • यति एअरलाइन्सको विमान दुर्घटनाको कारण मानवीय त्रुटि: प्रतिवेदन
    images
    images

    काठमाडौं । जहाज दुर्घटनाको ११ महिनापछि यती एयरलाइन्सको फाइनल (अन्तिम) रिपोर्ट आएको छ । यती एयरलाइन्स दुर्घटना अध्ययन समितिले बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयलाई आफ्नो अन्तिम अध्ययन प्रतिवेदन बुझाएको हो । 

    images
    images
    images

    गत वर्ष माघ १ गते काठमाडौँ–पोखरा उडानका क्रममा रहेको यती एयरलाइन्सको एटीआर–७२ ९एन–एनएनसी जहाज पोखरा विमानस्थल नजिकै दुर्घटनामा परेको थियो । उक्त दुर्घटनामा चालक दलसहित ७२ जनाकै मृत्यु भएको थियो । 

    images
    images
    images

    उक्त घटनाको यथार्थ छानबिन गर्न गठित छानबिन समितिले प्राविधिक नभएर मानवीय त्रुटिकै कारण घटना भएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

    images
    images
    images

    उक्त दुर्घटनामा जहाजको दुवै इन्जिनका प्रोपेलरहरु फेदरमा गएको देखिएको थियो । उक्त स्थितिमा जहाज मुभ हुन नसकी सिँधै भुईँमा बजारिन पुगेको प्रतिवेदनमा भनिएको छ । यसो हुनुमा चालकको गम्भीर गल्तीका कारण तत्काल जहाजलाई अप्रेसनमा लैजान नसकेको र अन्तत: दुर्घटनामा परेको प्रतिवेदनमा छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # यति एअरलाइन्स
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।