Logo

२०८३, श्रावण ३०गते


images
images

मुख्यमन्त्रीहरूले प्रधानमन्त्री भेटेर मागे प्रदेशको अधिकार

मुख्यमन्त्रीहरूले प्रधानमन्त्री भेटेर मागे प्रदेशको अधिकार

images
  • मुख्यमन्त्रीहरूले प्रधानमन्त्री भेटेर मागे प्रदेशको अधिकार
    images
    images

    हेटौंडा । हेटौंडा भेलापछि ६ प्रदेशका मुख्यमन्त्रीहरुले संविधानअनुसार संघियता कार्यान्वयन गर्न अधिकार माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । शुक्रबार हेटौंडामा अन्तर प्रदेश समन्वय बैठक गरेका ७ प्रदेशका मुख्यमन्त्रीमध्ये ६ जनाले शनिबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न शुक्रबार काठमाडौं पुगेका थिए ।

    images
    images
    images

    मुख्यमन्त्रीहरुको टोलिमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह भने छैनन् । कार्यव्यस्तताका कारण मुख्यमन्त्री शाह हेटौंडाबाट शनिबार बिहान धनगढी फर्किएका छन् । हेटौंडा भेलाले गरेको ९ बुँदे निर्णयसहित आफुहरुले प्रधानमन्त्री प्रचण्डलाई भेटेको बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बताए ।

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डसँगको भेटमा मुख्यमन्त्रीहरुले हेटौंडा भेलाको ९ बुँदे ध्यानाकर्षण पत्रसहित गत असार १५ र १६ गते पोखरामा भएको बैठकको निर्णय कार्यान्वयन गर्न माग गरेको उनले बताए । भेटमा प्रधानमन्त्री प्रचण्डले आफू संघीयताप्रती प्रतिबद्ध रहेको बताउदै प्रदेशका अधिकार हस्तान्तरण गर्न तयार रहेको जानकारी गराएको मुख्यमन्त्री जम्कट्टेलले बताए ।

    images
    images
    images

    प्रधानमन्त्री प्रचण्डले संघीयता कार्यान्वयनका लागि संघीय सरकारले आवस्यक काम थालिसकेको जानकारी पनि गराएको उनको भनाइ छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।