Logo

२०८३, आश्विन १०गते


images
images

देवदह वडाअध्यक्ष कप : सातौं दिनको खेलमा दोभान र शिवनगर युथ क्लब विजयी

देवदह वडाअध्यक्ष कप : सातौं दिनको खेलमा दोभान र शिवनगर युथ क्लब विजयी

images
  • देवदह वडाअध्यक्ष कप :  सातौं दिनको खेलमा दोभान र शिवनगर युथ क्लब  विजयी
    images
    images

    देवदह । रुपन्देहीको देवदह–५, कोलिय शान्ति पार्कमा संचालित वडाअध्यक्ष कप नक आउट सेभेन साईड खुल्ला फुटवल प्रतियोगिता अन्तर्गत दोभान फुटवल क्लब पाल्पा र शिवनगर युथ क्लब तिलोत्तमा विजयी भएको छ । पहिलो खेलमा दोभान फुटवल क्लबले सप्तरंगी फुटवल क्लब ढेकारलाई शुन्यका विरुद्ध २ गोल गर्दै दोभान फुटवल क्लब पाल्पा दोश्रो चरणमा प्रवेश गरेको छ । खेलमा दोभान फुटवल क्लवका जर्सी नम्वर १७ का खेलाडीले २ गोल गर्दै टिमलाई विजयी बनाएको हो । 

    images
    images
    images

    यसैगरी दोश्रो खेलमा शिवनगर युथ क्लवले सम्झना युथ क्लव सुनवललाई १ का विरुद्ध ३ गोल गर्दै विजयी भएको हो । खेलमा शिवनगर युथ क्लवका जर्सी नम्वर ११ का खेलाडी जमिर मियाँले ३ गोल गर्दै टिमलाई विजयी बनाएको हो । यसैगरी सम्झना युथ क्लव सुनवलका जर्सी नम्वर १४ का खेलाडी प्रकाश काउचाले एक गोल मात्र फर्काउन सफल भएको थियो । खेलमा शिवनगर युथ क्लवका खेलाडी जर्सी नम्वर २, का ईश्वर थापा र जर्सी नम्वर ६ का खेलाडी अनुप वस्नेतले पहेलो कार्ड पाएका थिए । 

    images
    images
    images

    प्रतियोगितामा विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले ३० हजार नगद, ट्रफी प्राप्त गर्ने कोलुवा फुटबल क्लबका अध्यक्ष कुलवीर घर्तीले जानकारी दिए । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # वडाअध्यक्ष कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।