Logo

२०८३, आश्विन ९गते


images
images

देवदह वडाअध्यक्ष कप : चौंथो दिनको खेलमा भलुही एफसी र अन्नपूर्ण स्कूल विजयी

देवदह वडाअध्यक्ष कप : चौंथो दिनको खेलमा भलुही एफसी र अन्नपूर्ण स्कूल विजयी

images
  • देवदह वडाअध्यक्ष कप : चौंथो दिनको खेलमा भलुही एफसी र अन्नपूर्ण स्कूल विजयी
    images
    images

    देवदह । रुपन्देहीको देवदह-५ मा संचालित प्रथम वडाअध्यक्ष नक आउट सेभेन साईड खुल्ला फुटवल प्रतियोगिता अन्तरगत चौंथो दिनको खेलमा भलुही फुटबल क्लब, देवदह र अन्नपूर्ण बोर्डिंङ स्कूल, सुनवल विजयी भएका छन् । 

    images
    images
    images

    पुष १० देखि २७ गतेसम्म संचालन हुने प्रतियोगिताको शुक्रबार भएको पहिलो खेलमा साझा युवा क्लब परासीलाई शून्यका विरुद्ध १ गोल गर्दै भलुही फुटबल क्लब दोश्रो चरणमा प्रवेश गर्यो । निकै पतिस्पधात्मक रहेको खेलमा भलुही फुटबल क्लबका जर्सी नं ३ का खेलाडी सन्तोष खड्काले एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । प्रतियोगितामा खड्काले गरेको गोल नै निर्णायक हुन पुग्यो । खेलमा साझा युवा क्लब परासीले गोल गर्न धेरै मौका पाएपनि गोल गर्न नसकेपछि खेलबाट बाहिरीएको छ । 

    images
    images
    images

    यसैगरी दोश्रो खेलमा अन्नपूर्ण बोर्डिंङ स्कूल सुनवल विजयी भएको छ । अन्नपूर्ण बोर्डिंङ स्कूलले आयोजक टिम कलुवा फुटबल क्लब 'निलो' लाई  पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको हो । अन्नपूर्ण बोर्डिंङले जारी प्रतियोगितामा हालसम्म सर्वाधिक ३ गोल गरेर विजयी हुँदा आयोजक 'निलो' ले एक गोल पनि फर्काउन सकेन । प्रतियोगितामा अन्नपूर्ण स्कूलका जर्सी नं ७ का खेलाडी नबराज थापाले २ गोल र जर्सी नं १५ का खेलाडी प्रेम थापाले १ गोल गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # वडाअध्यक्ष कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।