Logo

२०८३, आश्विन १०गते


images
images

देवदह वडाअध्यक्ष कप : कोलुवा फुटवल क्लव र शिवपुर फुटवल क्लव विजयी

देवदह वडाअध्यक्ष कप : कोलुवा फुटवल क्लव र शिवपुर फुटवल क्लव विजयी

images
  • देवदह वडाअध्यक्ष कप : कोलुवा फुटवल क्लव र शिवपुर फुटवल क्लव विजयी
    images
    images

    देवदह । रुपन्देहीको देवदह–५, कोलिय शान्ति पार्कमा संचालित वडाअध्यक्ष कप नक आउट सेभेन साईड खुल्ला फुटवल प्रतियोगिता अन्र्तगत भएको खेलमा कोलुवा फुटवल क्लव र शिवपुर फुटवल क्लव विजयी भएको छ ।

    images
    images
    images

    प्रतियोगिता अन्र्तगत भएको पहिलो खेलमा कोलुवा फुटवल क्लवले दोभान फुटवल क्लव पाल्पालाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । खेलमा १ का विरुद्ध २ गोल गर्दै कोलुवा फुटवल क्लव विजयी भएको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलमा कोलुवा फुटवल क्लव जर्सी नम्वर ७७ का आयुष गुरुङ्ग र जर्सी नम्वर ४ का सुर्जे गुरुङ्गले १/१ गोल गर्दै टिमलाई सेमिफाईनलमा प्रवेश गराएको छ । यसैगरी खेलमा दोभान फुटवल क्लव पाल्पाका जर्सी नम्वर ६ का अमर सुनारले एक गोल गरेपनि प्रतियोगिताबाट बाहिरीएको छ ।

    images
    images
    images

    यसैगरी दोश्रो क्वाटर फाईनल खेलमा शिवपुर फुटवल क्लव तिलोत्तमा विजयी भएको छ । ट्राईवेकरको आधारमा सिचार्थ फुटवल क्लव चपरहट्टीलाई हराउदै शिवपुर फुटवल क्लव सेमिफाईनलमा प्रवेश गरेको छ । खेलमा शिवपुर फुटवल क्लवका जर्सी नम्वर ११ का जमिर मियाले एक गोल गर्दै टिमलाई अग्रता दिलाएपनि सिद्धार्थ फुटवल क्लव चपरहट्टीले एक गोल फर्काएपछि खेलमा बरावरीमा पुगेको थियो । निर्धारित समयमा दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल ट्राईवेकरमा पुगेको थियो । ट्राईवेरको आधारमा शिवपुर फुटवल क्लव तिलोत्तमा विजयी हुदै सेमिफाईनलमा प्रवेश गरेको हो ।

    images
    images
    images

    प्रितियोगितामा विजेता टिमले नगद ५१ हजार, ट्रर्फी र उपविजेता टिमले ३१ हजार नगद, ट्रफी प्राप्त गर्ने कोलुवा फुटवल क्लवका अध्यक्ष कुलवीर घर्तीले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह वडाअध्यक्ष कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।