Logo

२०८३, आश्विन १०गते


images
images

प्रथम देवदह वडाअध्यक्ष कपको उपाधि एशियन लाईट स्कुललाई

प्रथम देवदह वडाअध्यक्ष कपको उपाधि एशियन लाईट स्कुललाई

images
  • प्रथम देवदह वडाअध्यक्ष कपको उपाधि एशियन लाईट स्कुललाई
    images
    images

    देवदह । रुपन्देहीको देवदह–५, कोलिय शान्ति पार्कमा संचालित वडाअध्यक्ष कप नक आउट सेभेन साईड खुल्ला फुटवल प्रतियोगिताको उपाधी एशियनलाईट स्कुलले हात पारेको छ ।

    images
    images
    images

    कोलुवा फुटवल क्लव देवदह–५, को आयोजना र देवदह नगरपालिका–५, वडा कार्यालयको प्रमुख प्रायोजकमा उक्ता प्रतियोगिता भएको हो । फाईनल खेलमा शिवपुर फुटवल क्लवलाई हराउदै एशियनलाईट स्कुलले उपाधी जितेको हो । जित संगै एशियनलाईट स्कुलले नगद ५१ ह्जार, ट्रफी प्राप्त गरेको छ । खेलमा एशियनलाईट स्कुलका जर्सी नम्वर १ का खेलाडी बुद्धिमान तामाङ्ग, जर्सी नम्वर ८, का खेलाडी सुजन राना र जर्सी नम्वर ३ का खेलाडी सविन तामाङ्गले १÷१ गोल गरेका थिए ।

    images
    images
    images

    यता शिवपुर फुटवल क्लवले खेलमा कुनैपनि गोल गर्न नसकेपछि उपविजेतामा चित्त बुझाउदै नगद ३१ ह्जार, ट्रफी प्राप्त गरेको छ । प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई पुरस्कार प्रदान गर्दै देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेलले खेलकुदको विकासको लागि नगरपालिका लागिरहेको बताए । उनले खेलकुदको माध्यमबाट देवदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने भएकोले नगरपालिकाले मेयर कप प्रतियोगिता छिट्टै संचालन गर्ने बताए । उनले देवदहमा खेलकुदलाई व्यवस्थित गर्नको लागि नगरपालिकाले नगर खेलकुद विकास समिति गठन गरेर अगाडि बढिरहेको बताए ।

    images
    images
    images

    कोलुवा फुटवल क्लवका अध्यक्ष कुलवीर घर्तीको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगर प्रवक्ता तथा देवदह–५, का वडाअध्यक्ष गणेश डुम्रे लगायतले आ–आफना भनाई राखेका थिए । क्लवका सचिव प्रकाश न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह वडाअध्यक्ष कप
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।