गजल : मालिक ! यो कस्तो वार्ता …
मालिक ! यो कस्तो वार्ता, निर्णय र सहीछाप हो ?
आफू लुकेर, नानीहरू लडाउनु पनि त पाप हो ।
हाम्रै विवशता, व्यवस्थाको फल हामी चाखिरहेछौँ ,
नसोच्नु किन तितो छ फल, यो कसको श्राप हो ।
होस बेहोसमै सोध्नु हुन्छ केको आवाज कान्छी ?
कसरी भनुँ खोपी छिर्दै गरेको छोराको पदचाप हो ।
बा! हजुरको अनुभव के भन्छ , प्रेम कस्तो हुन्छ ?
छोरी! जति हिँड्यो उति फस्दै जाने जलजले ढाप हो ।
मुस्कुराईरहनु तिमी अधर! कसैलाई थाहा नहोस् ,
यो उधारो जिन्दगी विशेष जिन्दगीकै करकाप हो।
- नमिता दवाडी
गोर्खा, नेपाल
हाल : न्युजिल्याण्ड
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology