Logo

२०८३, आश्विन ९गते


images
images

एसईई चैत पहिलो हप्ता, यसवर्षदेखि नन ग्रेडिङ लागू हुँदै, सबै विषयमा ३५ अनिवार्य

एसईई चैत पहिलो हप्ता, यसवर्षदेखि नन ग्रेडिङ लागू हुँदै, सबै विषयमा ३५ अनिवार्य

images
  • एसईई चैत पहिलो हप्ता, यसवर्षदेखि नन ग्रेडिङ लागू हुँदै, सबै विषयमा ३५ अनिवार्य
    images
    images

    काठमाडौं  । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत पहिलो हप्ता हुने भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोर्ड अध्यक्ष महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता परीक्षा हुने बताएका हुन् ।

    images
    images
    images

    ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ । माघको पहिलो हप्ता रुटिन निकाल्छौं’, उनले भने । संसद्मा छलफलको क्रममा रहेको विद्यालय शिक्षा विधेयकमा भएको एसईईसम्बन्धी व्यवस्था अहिले लागू नहुने भन्दै शर्माले अन्योलमा नपर्न आग्रह गरे ।

    images
    images
    images

    ‘शिक्षा विधेयकमा १० कक्षाको परीक्षा उल्लेख नभएकाले धेरै कुरा आएको छ, एसईई हुन्छ । परीक्षा, नतिजाको क्यालेन्डर निकालेको छ,’ उनले भने ।

    images
    images
    images

    अध्यक्ष शर्माले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठनपाठन सञ्चालन भइरहेकाले एसईई प्रभावित नहुने उनले बताए ।
    ‘जाजरकोट र रुकुम पश्चिमका पालिकाहरूमा परीक्षा सञ्चालन र परीक्षा केन्द्र राख्न उपयुक्त छ छैन भनेर प्रअसँग भेट्यौं । पढाइ भइरहेको र सञ्चालनको लागि केन्द्र सञ्चालन गर्नलाई अल्टरनेट गर्न सकिन्छ,’ उनले भने ।

    जाजरकोट र रुकुम पश्चिममा नजिकैको अर्को विद्यालयमा केन्द्र सञ्चालन गर्न सकिने भन्दै अध्यक्ष शर्माले परीक्षा एउटै मितिमा हुने बताए । भूकम्पका बेला विद्यार्थीको किताब हराएको भए पनि पुस्तक पठाइसकेको उनको भनाइ छ ।

    यसवर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनै पर्ने प्रावधान राखिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । ‘यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदै छ । केही विषयको पुरानो अनुसार हुन्छ । नन ग्रेडिङ लागू हुँदै छ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने भयो,’ उनले भने । यसअघि ग्रेडिङ सिस्टम थियो । अब ग्रेडिङ नहुने भएको छ । अहिलेसम्म एसईईका लागि रजिस्ट्रेसन फारम भर्ने विद्यार्थीको संख्या चार लाख ८९ हजार ४४४ जना रहेको कार्यालयले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एसईई
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।