काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा आजदेखि सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।
परीक्षामा २ लाख ८ हजार ९०३ जना सहभागी हुँदैछन् । यही साउन ३१ गतेसम्म चल्ने परीक्षाका लागि ५५० केन्द्र तोकिएका छन्।
सरकारले यस वर्ष दुई वा सोभन्दा बढी विषयमा ननग्रेड (एनजी) भएका विद्यार्थीलाई पूरक परीक्षामा सहभागी हुन पाउने व्यवस्था गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology