बुटवल । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशअन्तर्गतका शिक्षा अधिकारीहरुले एसईई परीक्षाका लागि ठूलो चलखेल गरेको आरोप लगाएका छन् । मंगलवार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै उनले एसईईको परीक्षाका लागि शिक्षा अधिकारीहरुले ठूलो भ्रष्टाचार गरेको बताए ।
निजी क्षेत्रको मात्रै नतिजा राम्रो हुने र सरकारी तथा सार्वजनिक विद्यालयको नतिजा नराम्रो आउनुमा शिक्षा अधिकारीहरुको कमजोरी रहेको उनको भनाई छ । एसईई मर्यादित बनाउन केन्द्राध्यक्षको रोष्टर निर्माण गर्न आग्रह गरेको भएपनि नगरिएको उनले गुनासो गरे ।
उनले अहिले परिक्षा सञ्चालन गर्न दिने तर आगामी दिनमा प्रदेश सरकारले आफ्नो निर्णय गरेर अघि बढ्ने बताए ।
अहिलेका शिक्षा अधिकृतहरुमाथि कारबाही नगरे मधेस प्रदेशबाट उनीहरुलाई नै हटाउने निर्णइ गरेर अघि बढ्ने उनले चेतावनी दिएका छन् ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology