काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले शनिबार युथ फोर्स भ्याली कमाण्ड घोषणा सभामा पटक पटक ‘मुड्की’ काफी रहेको बताए । उनले आफ्ना नेता, कार्यकर्तामाथि हातपात गर्ने, विरोधी र पार्टीविरुद्ध लाग्ने बुद्धिजीवीलाई साइबर सेनाको मुड्की काफी रहेको चेतावनी दिए ।
सरकारलाई एमालेको नेताहरु भ्रष्टचारी छन् भने प्रमाणित गरेर देखाउन पनि उनले चुनौती दिएका छन् । १० अर्बको भ्रष्टाचार गर्ने विजयकुमार गच्छादारलाई छाडेको प्रसंग उप्काउँदै उनले एमालेको कहीँ भ्रष्टाचारी भए प्रमाणित गरेर देखाउन चुनौती दिए ।
आफ्ना नेता कार्यकर्तामाथि आक्रमण गर्नेलाई पहिले मुखले तह लगाउने र नमानेको खण्डमा बाँकी नराख्ने पनि उनको चेतावनी छ । ‘हाम्रा नेता कार्यकर्तामाथि कसैले आक्रमण गर्यो भने मुखले सम्झाउँछौँ,’ उनले भने, ‘यदि मुखले सम्झाउँदा मानेन भने हात खुट्टाले पनि सम्झाउनु पर्ने दिन हुन्छ । हात खुट्टाले सम्झाउनुपर्ने दिन नआउँला ।’
युवासंघका इन्चार्ज समेत रहेका बस्नेतले यथुफोर्सले बन्दुक बोकिरहनु नपर्ने र गलत काम गर्नेका लागि मुड्की नै काफी रहेको चेतावनी पनि दिएका छन्। ‘युथफोर्सले कुनै बन्दुक बोक्नुपर्दैन, लालसलाम गर्ने यो मुड्की काफी छ,’ उनले भने, ‘मित्रहरुलाई यो हातले सलाम गर्छ, विरोधीलाई यो काफी छ ।’
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology