Logo

२०८३, श्रावण ३०गते


images
images

देवदहलाई पर्यटकिय र अध्यात्मिक नगरी बनाउने गरि काम भइरहेको छ : नगर प्रमुख खरेल

देवदहलाई पर्यटकिय र अध्यात्मिक नगरी बनाउने गरि काम भइरहेको छ : नगर प्रमुख खरेल

images
  • देवदहलाई पर्यटकिय र अध्यात्मिक नगरी बनाउने गरि काम भइरहेको छ : नगर प्रमुख खरेल
    images
    images

    देवदह । देवदह नगरपालिकाका नगरप्रमुख ध्रुवप्रसाद खरेलले देवदहलाई पर्यटकिय र अध्यात्मिक नगरी बनाउने गरि काम भइरहेको बताएका छन् । शनिवार नगरपालिकाले आयोजना गरेको शिक्षा र अध्यात्म विषयक प्रवचन कार्यक्रममा बोल्दै प्रमुख खरेलले देवदह पर्यटकिय र अध्यात्मिक नगरी घोषित भैसकेकोले सोही अनुसार नगरपालिकाले काम गरिरहेको बताए ।  

    images
    images
    images

    गौतम बुद्धको मावलीस्थल देवदहमाभौतिक विकास मात्र नभएर मानविय विकास पनि उत्तिकै आवश्यक रहेको उल्लेख गर्दै प्रमुख खरेलले मानवीय विकासको लागि शिक्षा र अध्यात्म अत्यावश्यक रहेको जिकिर गरे । देवदह- स्थित देवदह आदर्श बहुमुखी क्याम्पसमा योगको कक्षा सन्चालन भैरहेको बताउंदै उनले अहिलेको शिक्षालाइ रुपान्तरण गरेर विद्यार्थीले चाहे अनुसारको शिक्षा, अध्यन विधि  आवश्यक रहेको तर्क गरे । 

    images
    images
    images

    प्रमुख प्रशिक्षक एलपी भानु शर्माले शिक्षा र अध्यात्म मानिसको जीवनमा निकै महत्त्वपूर्ण रहेको बताए। उनले अहिलेको शिक्षा र अध्यात्म एक सिक्का दुइ पाटाको रुपमा रहेको तारक गरे । आफुले ६५ देशमा काम गरिसकेको उल्लेख गर्दै उनले पर्यटकिय सम्भावनाको खोजी गर्न आवश्यक रहेको सुझाए। 

    images
    images
    images

    कार्यक्रममा जीवन विज्ञान प्रशिक्षक  दुर्गा बहादुर क्षेत्रीले योग ध्यान साधना गराएका थिए । 

    कार्यक्रममा देवदह नगरपालिकाका नगर प्रवक्ता गणेश डुम्रे लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नगर प्रमुख खरेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।