Logo

२०८३, श्रावण ३०गते


images
images

सञ्चार माध्यम व्यावसायिक वन्न आवश्यक : नगर प्रमुख खरेल

सञ्चार माध्यम व्यावसायिक वन्न आवश्यक : नगर प्रमुख खरेल

images
  • सञ्चार माध्यम व्यावसायिक वन्न आवश्यक : नगर प्रमुख खरेल
    फाइल फोटो
    images
    images

    देवदह । देवदह नगरपालिकाका प्रमुख ध्रुवप्रसाद खरेलले समाजलाई गतिशिल र रुपान्तरण गर्न सञ्चारको महत्वपूर्ण भूमिका हुने बताएका छन् । सञ्चार माध्यमलाई व्यावसायिक रुपमा लैजान आवश्यक रहेको उनले बताए ।

    images
    images
    images

    ‘सञ्चारको विकासका लागि नगरपालिकाले सहयोग गर्न तयार छ । तर सञ्चार माध्यमको काम व्यावसायिक हुनुप¥यो ।’ उनले भने, ‘त्यसको लागि योजना र काम गर्ने शैलि परिवर्तन गर्न आवश्यक छ ।’  रेडियो देवदहको १७ औं स्थापना दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले रेडियोको विकासका लागि सवैले आ–आफनो ठाउँबाट सहयोग गर्न आवश्यक रहेको औंल्याए ।
    रेडियो देवदहका अध्यक्ष झविन्द्रप्रसाद पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका प्रमुख सल्लाहकार प्रजापति सापकोटा, नेपाली काग्रेस देवदह नगर सभापति गुनाखर भुर्तेल, मायादेवी खानेपानी संस्थाका अध्यक्ष चक्रपाणी तिवारी, देवदह प्रेस क्लवका अध्यक्ष विष्णुप्रसाद पोखरेल, रेडियो देवदहका संस्थापक स्टेशन म्यानेजर यम राना लगायतले बोल्दै सञ्चार जिवित भएमात्र देवदहको अस्तित्व कायम हुन सक्नेमा जोड दिए । 

    images
    images
    images

    कार्यक्रमको अवसरमा स्थापना दिवसको पूर्वसन्ध्यामा आयोजित आमसञ्चारमा रेडियोको भूमिका विषयक देवदह नगरस्तरीय अन्तर माध्यमिक विद्यालय बक्तृत्वकला प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गरियो । 

    images
    images
    images

    देवदह क्षेत्रमा रहेका १६ विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगितामा देवदह माध्यमिक विद्यालयका निस्तिका परियार प्रथम, देवदह बुद्धपव्लिक आवासीय माध्यमिक विद्यालयका अनुष्का भण्डारी द्धितिय, न्यू लुम्विनी ईङ्कलिस बोडिङ्ग स्कुलका खुसी घर्तीमगर तृतिय र नमुना एभरग्रिन ईङलिस बोडिङ्ग स्कुलका सनिष्ठा पाख्रिनले सान्त्वना स्थान हासिल गरेका थिए । रेडियोका बरिष्ठ उपाध्यक्ष दयाराम बस्यालको स्वागत र महासचिव दिपक न्यौपानेको सञ्चालनमा कार्यक्रम भएको हो ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # नगर प्रमुख खरेल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।