लास भेटिएको छैन, मृतक अखबारमा छ
कसलाई आपत पर्यो काे किनारमा छ
ए-एक्लै बर्बराउदैछ यो पागल समय पनि
सायद, यसो हुन सक्छ, ऊ पनि प्यारमा छ
मलाई यस्तो लाग्छ, यस्तो लाग्दैन र, मालिक?
खुशी खोटो सिक्का जस्तो, दु:ख हजारमा छ
बा, यो घडीको सुई एक्छिन रोकिदिनुहोस न
आमाको मुख हेर्नूछ मलाइ, चिता हतारमा छ
ती आँखामा गाजल खुब सुहाउछ भन्थ्यौ
अन्तिम पल्ट भेट्नआउ 'रोमा' शृङ्गारमा छ
- रोमा लम्साल, काठमाडौं
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology