Logo

२०८३, श्रावण ३०गते


images
images

ओमसतियामा कला संस्कृति महोत्सव सुरू

ओमसतियामा कला संस्कृति महोत्सव सुरू

images
  • ओमसतियामा कला संस्कृति महोत्सव सुरू
    images
    images

    देवदह । ओमसतियामा पाँचौं ओमसतिया कला संस्कृति महोत्सव सुरू भएको छ । बुधबार एक कार्यक्रमबीच लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले वडा नं ६ स्थित रामजानकी रंगशालामा महोत्सवको उद्घाटन गरे । 

    images
    images
    images

    महोत्सवको उद्घाटन सभालाई सम्बोधन गर्दै मन्त्री मास्कीले कला संस्कृतिको संरक्षण र प्रवर्धन महत्वपुर्ण विषय भएको बताए । सिंहदरबारको शासन गाउँगाउँमा आइसकेकोले अब आफ्नो गाउँ ठाउँको कला संस्कृतिको  संरक्षण गर्ने र जिम्मेवारी केन्द्र र प्रदेशसंगै स्थानीय सरकारको पनि भएको उनले बताए । ओमसतियाको सतियामाइ मन्दिर, यहाँका स्थानिय ताल र यहाँको संस्कृतिको संरक्षणमा स्थानिय सरकारले खेलेको भूमिकाको प्रशंसा गर्दै मन्त्री मास्कीले प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए । 

    images
    images
    images

    महोत्सवमा बोल्दै लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य आशिष कुमार चौधरीले महोत्सवले स्थानिय कला संस्कृतिलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । 

    images
    images
    images

    कार्यक्रममा ओमसतिया गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव, उपाध्यक्ष सुनिता चौधरी लगायतले बोलेका थिए । 

    रामजानकी रंगशाला व्यवस्थापन समितिले आयोजना गरेको महोत्सव माघ २२ गतेसम्म संचालन हुने जनाईएको छ । महोत्सवमा कुस्ती प्रतियोगितासंगै विभिन्न खेल तथा सांस्कृतिक कार्यक्रम हुने वडा नं ६ का वडा अध्यक्ष शिवकुमार धवलले जानकारी दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।