Logo

२०८३, आश्विन १०गते


images
images

कांग्रेस अब सुध्रिएर अघि बढ्नुपर्छ : प्रकाशमान सिंह

कांग्रेस अब सुध्रिएर अघि बढ्नुपर्छ : प्रकाशमान सिंह

images
  • कांग्रेस अब सुध्रिएर अघि बढ्नुपर्छ : प्रकाशमान सिंह
    images
    images

    मकवानपुर । नेपाली कांग्रेस वागमती प्रदेश समितिको स्थापना दिवस समारोहलाई हेटौँडामा आज सम्बोधन गर्दै नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले आफ्ना कमीकमजोरी सच्च्याएर कांग्रेस सुध्रनुपर्ने बताएका छन् । पछिल्लो समय पदमा पुगेपछि पार्टीभित्र वा जनप्रतिनिधि भएपछि आफ्नो जिम्मेवारी वहन गर्न उन्मुख नभएको भन्दै अब सुशासन र आर्थिक क्रियाकलापमा सक्रिय हुनुपर्नेमा उनले जोड दिए ।

    images
    images
    images

    लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेस संविधान निर्माण र कार्यान्वयनको पक्षमा निरन्तर लागिरहेको उनले दोहोर्‍याए ।

    images
    images
    images

    प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा भएको उक्त समारोहमा नेपाली कांग्रेस केन्द्रीय सदस्य राजन केसी, केन्द्रीय सदस्य एवं प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामा, नेकपा माओवादी केन्द्र वागमती प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, नव निर्वाचित राष्ट्रिय सभा सदस्यहरु जीतजंग बस्नेत, विष्णुदेवी पुडासैनी, श्रीकृष्ण प्रसाद अधिकारी र धनश्याम रिजाल विश्वकर्मा, मकवानपुर जिल्ला सभापति बुद्ध लामा, प्रदेश उपसभापति चन्द्र महर्जनले नेपाली कांग्रेसले देश र जनताका पक्षमा काम गर्नुपर्नेमा जोड दिएका थिए ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रकाशमान सिंह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।