Logo

२०८३, आश्विन १०गते


images
images

नेपाली समाजलाई फेक न्युजबाट बचाउन उपप्रधानमन्त्री सिंहको आग्रह

नेपाली समाजलाई फेक न्युजबाट बचाउन उपप्रधानमन्त्री सिंहको आग्रह

images
  • नेपाली समाजलाई फेक न्युजबाट बचाउन उपप्रधानमन्त्री सिंहको आग्रह
    images
    images

    काठमाडौं । उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्युजबाट जोगाउन आग्रह गरेका छन् ।

    images
    images
    images

     नेपाल टेलिभिजन कर्मचारी संघको आयोजनामा दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले फेक न्युज रोक्न जिम्मेवार सञ्चारमाध्यमहरूले भूमिका खेल्नुपर्ने बताएका हुन् ।  

    images
    images
    images

    ‘आफ्नो पेशाबाट तपाईंहरूले नेपाली समाजलाई फेक न्युजबाट होइन कि सत्य समाचारबाट सूचित गर्नुस्,’ उपप्रधानमन्त्री सिंहले भने, ‘फेक न्युजबाट नेपाली समाजलाई जोगाउन भूमिका खेल्नुस् ।’

    images
    images
    images

    व्यवस्था बदलिए पनि अवस्था उस्तै छ भनेर गलत भाष्य स्थापित गर्ने प्रयास भइरहेको भन्दै उनले व्यवस्था परिवर्तनसँगै अवस्था पनि परिवर्तन भएको जिकिर गरे । 

     

    ‘पहिला एउटा टेलिभिजन थियो, अहिले कतिवटा छ ? पहिला एउटा एयरलाइन्स थियो, अहिले कति छन् ? बैंकहरु पहिले कति थिए, अहिले कति छन् ?, सिंहले प्रश्न गरे, ‘पहिला इन्जिनियरिङ कलेज एउटा थियो, अहिले कतिवटा भइसक्यो ?,’ कोही आएर केही भनिदिए हुने ? कमन सेन्स प्रयोग गर्न नपर्ने ?’
    उपप्रधानमन्त्री सिंहले लोकतन्त्रमा सबैले अधिकारको कुरा गर्न पाउने भए पनि जिम्मेवारी पनि बिर्सन नहुनेतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।