Logo

२०८३, आश्विन १७गते


images
images

स्थानीय सरकार

झिमरुकमा 'वडादेखि घरसम्म' कार्यक्रम, घरमै वडा कार्यालयको सेवा उपलब्ध

झिमरुकमा 'वडादेखि घरसम्म' कार्यक्रम, घरमै वडा कार्यालयको सेवा उपलब्ध

images
  • झिमरुकमा 'वडादेखि घरसम्म' कार्यक्रम, घरमै वडा कार्यालयको सेवा उपलब्ध
    images
    images

    सन्तोष सुनार,  प्युठान । प्युठानको झिमरुक गाउँपालिका–२ वडा कार्यालयले कार्यालयबाट दिने सेवा वडाबासिहरुको घर–घरमै पुगेर दिने भएको छ । सिहंदरबारलाई जनताको घरसम्म पुर्याउने उदेश्यले 'वडादेखि घरसम्म' कार्यक्रम अनुरुप काम गर्ने वडा कार्यालयले जनाएको छ । 
     
     वडाध्यक्ष कृष्ण पोख्रेलले ज्येष्ठ नागरिक र अशक्तलाई सामान्य काम गर्न समेत वडा कार्यालयसम्म धाउनु बाध्यता टरेको बताए । उनले भने, "२४ घण्टाभित्र जनप्रतिनिधि तथा कर्मचारी घर मै पुग्नेछन र घर बाटै सेवा दिनेछन ।"

    images
    images
    images

    वडा कार्यालयबाट हुने सेवाहरु जन्मेको ३५ दिनभित्रका जन्मदर्ता, मृत्यु भएको ३५ दिनभित्रमा मृत्यु दर्ता, जन्म प्रमाणित, मृत्यु प्रमाणित, अस्थायी र स्थायी बसोबास प्रमाणित, विपन्न नागरिक सिफारिस, जेष्ठ नागरिक भत्ता कार्ड, अपाङ्गता परिचय पत्र सिफारिस, दीर्घ रोगी सिफारिस, रातो र निलो कार्ड भएको अपाङ्गता व्यक्तिको सबै प्रकारको सिफारिस वा प्रमाणित र ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिकको सबै प्रकारको सिफारिस वा प्रमाणितको काम घरमै उपलब्ध गराउने वडा कार्यालयले जनाएको छ ।

    images
    images
    images

    अशक्त र ज्येष्ठ नागरिकमात्र नभई सम्पूर्ण वडावासीहरुको घरमै पुगेर सेवा गरिदिने उनको भनाइ छ ।  वडाले यसअघि  आर्थिक रूपमा कमजोर परिवारलाई      निशुल्क स्वास्थ्य बिमा समेत गरिदिएको जनाएको छ ।  

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।